भारतका लागि प्रस्तावित राजदूत शर्माले पेस गरे आफ्ना कार्ययोजना « Khabarhub

भारतका लागि प्रस्तावित राजदूत शर्माले पेस गरे आफ्ना कार्ययोजना


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल–भारत आर्थिक सहयोग र विकासमा भएको अभिवृद्धिलाई अगाडी बढाउन प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा संसदीय सुनुवाइ समितिमा कार्य योजना पेश गर्दै शर्माले क्रस बोर्डर, पूर्वाधार, वित्तीय कनेक्टिभिटी र भारतबाट नेपाल आउन लगानी वृद्धिमा भएको प्रवाहको गतिलाई निरन्तरता दिन आवश्यक भूमिका निर्वाह गर्ने समेत बताए ।

उनले द्विपक्षीय सम्बन्धलाई सम्बोधन र सुधार गर्न विद्यमान करिब तीन दर्जन सरकारी स्तरका द्विपक्षीय संयन्त्रहरूको बैठक छिटो गर्ने प्रयास गर्ने समेत बताए ।

नयाँ दिल्लीमा गैरआवसीय दूतावास भएका १३० वटाभन्दा बढी देशहरूसँगको साझेदारलाई बढवा दिने उनको भनाइ छ । त्यस्तै अन्य दुई पक्षीय संयन्त्रको बैठकलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

समिति सदस्यहरूको प्रश्नमा शर्माले आफूलाई पुन भारतीय राजदूतमा प्रस्ताव गरेको विषयको जवाफ आफूसँग नभई सरकारले जवाफ दिनुपर्ने बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ५ : ०८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले