रुसमा हेलिकप्टर दुर्घटनामा बेपत्ता १७ जनाको शव फेला « Khabarhub

रुसमा हेलिकप्टर दुर्घटनामा बेपत्ता १७ जनाको शव फेला


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसको सुदूर पूर्वमा रहेको कामचट्का प्रायद्वीपमा गत शनिबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएका १७ जनाको शव फेला परेको छ । रुसको मन्त्रालयका अनुसार बेपत्ता २२ जनामध्ये १७ जनाको शव आइतबार फेला परेको हो ।

उन्नाइस पर्यटक र तीन जना चालक दलका सदस्य लिएर उडेको उक्त हेलिकप्टर कामचट्का जङ्गली क्षेत्रमा बेपत्ता भएको थियो ।

उद्धारकर्ताहरूले आइतबार बिहान ९०० मिटरको उचाइमा पहाडी क्षेत्रमा हेलिकप्टरको अवशेष देखेको कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले सामाजिक सञ्जाल टेलिग्राममा सार्वजनिक गरेको श्रव्य दृश्यमा उल्लेख गरेका छन् । दुर्घटना भएको हेलिकप्टरको भग्नावशेष एउटा ठूलो जङ्गलको पहाडको टुप्पो नजिकै ढलानमा रहेको श्रव्य दृश्यमा देखिएको छ ।

सो दुर्घटनाग्रस्त हेलिकप्टर राडार रहेको स्थान नजिकै भेटिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक अधिकारी इभान लेमिखोभले भने, ‘उक्त क्षेत्रमा हामीले १७ शव फेला पारेका छौँ ।’

दुर्घटनाग्रस्त एमआई हेलिकप्टर सोभियत सङ्घले निर्माण गरेको सैन्य हेलिकप्टर हो ।

यसअघि सन् २०२१ अगस्त १३ तारिखमा पनि १६ जना पर्यटक सवार रहेको एमआई–८ हेलिकप्टर कमजोर दृश्यताका कारण कामचट्काको तालमा दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको थियो ।

सोही वर्षको जुलाईमा पनि एउटा विमान प्रायद्वीपमा अवतरण गर्ने क्रममा २२ यात्रु र ६ जना चालक दलका सदस्यसहित दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : ५४ बजे

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु,  परराष्ट्रमन्त्री खनालले गरे शुभारम्भ

काठमाडौं– सरकारको नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु गरेको छ

मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं– काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्‌मा दर्ता

काठमाडौं– सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८ सय