विश्वप्रकाशलाई रोक्दै देउवाले भने- कसैले भन्दैमा छोड्दिनँ, मैले छोड्नुपर्छ भन्ने छैन « Khabarhub

विश्वप्रकाशलाई रोक्दै देउवाले भने- कसैले भन्दैमा छोड्दिनँ, मैले छोड्नुपर्छ भन्ने छैन


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले नै पार्टी नेतृत्व र संसदीय दलको नेता अहिल्यै नछोड्ने बताएका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री नबन्न र त्याग गरेर देखाउन बताएपछि देउवाको यस्तो जवाफ आएको हो ।

विश्वप्रकाशले बैठकमा बोल्ने क्रममा ०८३ असारमा नेकपा एमाले अध्यक्ष केपी शर्म ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि सत्ताको बागडोर सम्हाल्ने योजना त्याग्न देउवालई सुझाएका थिए ।

तर देउवाले बैठकमा बोलिरहेका शर्मालाई रोक्दै अहिले आफूले नेतृत्व छाडिहाल्नुपर्ने आवश्यकता नरहेको जवाफ दिएका हुन् । उनले प्रधानमन्त्री हुने योजनाबाट पनि आफू पछि नहट्ने जवाफ शर्मालाई दिए ।

‘तपाईंले छोड् भन्नुभयो, ठीक छ त्यो तपाईंको विचार हो’, बोलिरहेका शर्मालाई रोक्दै देउवाले फर्काएको जवाफ उद्धृत गर्दै एकजना केन्द्रीय सदस्यले भने, ‘कसैले छोड् भन्दैमा मैले छोड्नुपर्छ भन्ने छैन । म अहिल्यै छोड्दिनँ ।’

यसअघि बैठकमा बोल्दै महामन्त्री शर्माले नेकपा एमालेसँग गत असार १७ गते राति भएको ७ बुँदे सहमतिअनुसार ०८३ असारसम्म केपी शर्मा ओली नेतृत्वको सरकार टिकाएर लैजानुपर्ने बताएका थिए ।

शर्माले एमालेसँग भएको सहमतिअनुसार २०८३ असारबाट ओली बिदा भएपछिको प्रधानमन्त्रीका लागि सभापति देउवाले लोभ गर्न नहुने बताएका थिए ।

‘तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नु हुन्न’, उनले भनेका थिए, ‘आफ्नै पुस्ताका कोही आदरणीय नेतालाई प्रधानमन्त्री बनाउन उहाँले नै प्रस्ताव गर्नुपर्छ ।’

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ७ : २१ बजे

अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं– संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नेटोसँग क्रुद्ध ट्रम्प भन्छन्- ‘बौलाहा राष्ट्र’ विरुद्ध कुनै सहयोग गरेनन्

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोविरुद्ध

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन र

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज