देउवाले भने- प्रचण्डबाट धोका पाएँ, ओली साथी हुन्, सँगै जेल बसेका | Khabarhub Khabarhub

देउवाले भने- प्रचण्डबाट धोका पाएँ, ओली साथी हुन्, सँगै जेल बसेका


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट पटक पटक धोका पाएको गुनासो गरेका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै देउवाले यस्तो बताएका हुन् ।

‘मैले प्रचण्डलाई कहिले पनि धोका दिइनँ । बरु प्रचण्डबाट पटक पटक धोका पाएँ’, उनले भने ।

देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताए । ‘सत्य कुरा के हो भने ओलीजीसँग मेरो सम्बन्ध राम्रो छ । सँगै जेल बसेको मान्छे हो हामी’, देउवाले भने, ‘दु:ख गरेको राम्रो मान्छे हो उहाँ ।’

उनले देशमा समानुपातिक व्यवस्था हुन्जेल कुनै पनि दलको बहुमत नआउने बताए । ‘यही अवस्थामा कुनै पार्टीको बहुमत आउने छैन । समावेशी समानुपातिक व्यवस्था रहेसम्म कुनै पनि पार्टीले एक्लै सरकार बनाउन सक्दैनन्’, उनले भने, ‘अहिले एमालेसँगको गठबन्धनमा समस्या आउँछ भनेर डराएर हुँदैन । यो व्यवस्था रहेसम्म कुनै पनि पार्टीसँग मिल्नुपर्ने बाध्यता छ ।’

उनले एमालेसँग मिलेर सरकार बनेपछि देशभर नेता कार्यकर्तामा उत्साह थपिएको बताए । देउवाले गठबन्धनको विपक्षमा नबोल्न पनि निर्देशन दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : १२ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा