बमको धम्कीपछि हैदरावादका लागि उडेको विमान डाइभर्ट « Khabarhub

बमको धम्कीपछि हैदरावादका लागि उडेको विमान डाइभर्ट


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको पश्चिमी राज्य महाराष्ट्रको एउटा विमानस्थलमा बमको धम्की दिएपछि एउटा उडानलाई डाइभर्ट गरेको अधिकारीहरूले बताएका छन् ।

मध्यप्रदेशको जबलपुरबाट तेलङ्गानाको हैदरावादका लागि उडेको इन्डिगोको विमानलाई विमानभित्र बम भएको धम्की देखिएपछि महाराष्ट्रको नागपुरतर्फ डाइभर्ट गरिएको थियो ।

अधिकारीहरूका अनुसार, सबै यात्रु र चालक दललाई अवतरण गरिएको र विमानको विस्तृत जाँच गरिएको थियो । टोलीले विमान भित्र कुनै शंकास्पद वस्तु फेला पारेन ।

उक्त घटना दिल्ली लगायत देशका विद्यालय, एयरपोर्ट, सपिङ मल्ल र अस्पतालहरूमा पठाइएको बम धम्कीहरूको श्रृङ्खलामध्ये सबैभन्दा नयाँ रहेको छ ।

गत जुनमा, भारतको नागरिक उड्डयन सुरक्षा निकाय, नागरिक उड्डयन सुरक्षा ब्यूरोले यस्तो धम्की दिनेहरूलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै