भारतमा भारी वर्षाका कारण १२ जनाको मृत्यु « Khabarhub

भारतमा भारी वर्षाका कारण १२ जनाको मृत्यु


१६ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतको दक्षिणी राज्य आन्ध्र प्रदेश र तेलङ्गानामा भारी वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

भारी वर्षाका कारण आन्ध्र प्रदेशमा नौ जना तथा तेलङ्गानामा तीन जनाको मृत्यु भएको हो ।शनिबार आन्ध्र प्रदेशको विजयवाडा र गुन्टुर सहरका धेरैजसो भाग अत्यधिक वर्षाका कारण डुबानमा परेका थिए ।

बङ्गालको खाडीमा रहेको न्यून चापीय रेखाको प्रभावले आइतबार बिहानै कलिङपट्टनमको तटीय क्षेत्र पार गरी राज्यका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

विजयवाडाको मोगलराजपुरममा शनिबार पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गुन्टुर जिल्लाको मङ्गलागिरीको गण्डलयपेटामा एउटा घरमा ढुङ्गा खसेर एक वृद्धाको मृत्यु भएको छ ।

अर्को घटनामा गुन्टुर सहर नजिकै उप्पलापाडु गाउँमा बाढीले कार बगाउँदा तीन जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार स्थानीय प्रहरी तथा विभिन्न निकायले तल्लो क्षेत्रका धेरै बासिन्दालाई सुरक्षित स्थानमा सारेका छन् । हालसम्म विभिन्न स्थानबाट करिब ८० जनाको उद्धार गरिएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ९ : ५० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा