भारतमा भारी वर्षाका कारण १२ जनाको मृत्यु « Khabarhub

भारतमा भारी वर्षाका कारण १२ जनाको मृत्यु


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतको दक्षिणी राज्य आन्ध्र प्रदेश र तेलङ्गानामा भारी वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

भारी वर्षाका कारण आन्ध्र प्रदेशमा नौ जना तथा तेलङ्गानामा तीन जनाको मृत्यु भएको हो ।शनिबार आन्ध्र प्रदेशको विजयवाडा र गुन्टुर सहरका धेरैजसो भाग अत्यधिक वर्षाका कारण डुबानमा परेका थिए ।

बङ्गालको खाडीमा रहेको न्यून चापीय रेखाको प्रभावले आइतबार बिहानै कलिङपट्टनमको तटीय क्षेत्र पार गरी राज्यका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

विजयवाडाको मोगलराजपुरममा शनिबार पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गुन्टुर जिल्लाको मङ्गलागिरीको गण्डलयपेटामा एउटा घरमा ढुङ्गा खसेर एक वृद्धाको मृत्यु भएको छ ।

अर्को घटनामा गुन्टुर सहर नजिकै उप्पलापाडु गाउँमा बाढीले कार बगाउँदा तीन जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार स्थानीय प्रहरी तथा विभिन्न निकायले तल्लो क्षेत्रका धेरै बासिन्दालाई सुरक्षित स्थानमा सारेका छन् । हालसम्म विभिन्न स्थानबाट करिब ८० जनाको उद्धार गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ९ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै