स्वास्थ्य बिमाको दायरा ५ लाख पुर्‍याउने योजनामा पार्टीको साथ छ : मन्त्री पौडेल « Khabarhub

स्वास्थ्य बिमाको दायरा ५ लाख पुर्‍याउने योजनामा पार्टीको साथ छ : मन्त्री पौडेल


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको दायरालाई फराकिलो बनाउन कांग्रेसले महत्वपूर्ण निर्णय गरेको बताएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जाल मार्फत मन्त्री पौडेलले नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले स्वास्थ्य बीमा कार्यक्रमको दायरालाई फराकिलो बनाउन महत्वपूर्ण निर्णय गरेको जानकारी दिएका हुन् ।

बिमितको अधिकार सुनिश्चित गर्दै यस क्षेत्रमा देखिएको सबै जटिलताहरूलाई हटाई सबै नागरिकलाई स्वास्थ्य बीमाप्रति आकर्षित गर्न, स्वास्थ्य बीमालाई एकद्वार प्रणाली लागू गरी बीमाको रकम बढाई रु ५ लाख कायम गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको पौडेले उल्लेख गरेका छन् ।

उनले बैठकमा आफूले प्रस्ताव गरेको योजनालाई अघि बढाउन पार्टीले देखाएको प्रतिवद्धताप्रति आभार समेत व्यक्त गरेका छन् ।

यस्तो छ मन्त्री पौडेलले लेखेको स्टाटस

केही समयअघि बसेको नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमिति बैठकमा, स्वास्थ्य बीमा कार्यक्रमको दायरा ५ लाख पुर्याउने सन्दर्भमा पार्टीले पूर्ण साथ सहयोग गर्नुपर्ने धारणा राखेको थिए । आज बसेको नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले स्वास्थ्य बीमा कार्यक्रमको दायरालाई फराकिलो बनाउन महत्वपूर्ण निर्णय गरेको छ । प्रस्तावित योजनालाई अघि बढाउन पार्टीले देखाएको प्रतिवद्धताप्रति आभार प्रकट गर्न चाहन्छु ।

निर्णय : नागरिकको स्वास्थ्य उपचारलाई सहज र सुलभ बनाउन प्रारम्भ गरिएको स्वास्थ्य बीमाको क्षेत्रमा कतिपय अप्ठ्यारा देखिएका छन् । बिमित नागरिकले बीमाकै आधारमा उपचार गर्न नपाएको तथा असहज र झन्झटिलो भएको गुनासो सुनिएको छ । बिमितको अधिकार सुनिश्चित गर्दै यस क्षेत्रमा देखिएको सबै जटिलताहरूलाई हटाई सबै नागरिकलाई स्वास्थ्य बीमाप्रति आकर्षित गर्न, स्वास्थ्य बीमालाई एकद्वार प्रणाली लागू गरी बीमाको रकम बढाई रु ५ लाख कायम गर्न सरकारसँग माग गर्दछ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १० : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै