जापानका प्रधानमन्त्री किशिदाले दिए राजीनामा, नयाँ सरकार गठन हुँदै | Khabarhub Khabarhub

जापानका प्रधानमन्त्री किशिदाले दिए राजीनामा, नयाँ सरकार गठन हुँदै


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानका प्रधानमन्त्री फुमियो किशिदासहित पुरै मन्त्रिपरिषदले राजीनामा दिएको छ । जापानको एनएचके न्युजका अनुसार किशिदाको पुरै मन्त्रिपरिषदले नयाँ सरकार गठनको पूर्वसन्ध्यामा राजीनामा दिएको हो ।

किशिदा सन् २०२१ को अक्टोबरदेखि जापानको प्रधानमन्त्री बनेका थिए । उनले योशिहिदी सुगाको स्थान लिएका थिए ।

सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) को अध्यक्षमा इशिबा शिगेरु चयन भएपछि अब उनी जापानको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनले आजै प्रधानमन्त्रीको नियुक्ति लिएर पद सम्हाल्ने जनाइएको छ ।

शिगेरुले अध्यक्षमा निर्वाचित भएदेखि नै यसै अक्टोबरको अन्तिम साता जापानमा संसद्को निर्वाचन गर्ने घोषणा गरिसकेका छन् ।

हालको संसदको कार्यकाल सन् २०२५ को जुलाईसम्म रहेको भएपनि शिगेरुले तुरुन्तै निर्वाचन गर्न लागेका हुन् । सत्तारुढ दलको गिर्दो लोकप्रियताका कारण उनले निर्वाचन गर्न लागेको उनका आलोचकहरूले बताएका छन् ।

जापानको तल्लो संसदको ४६५ सिटमध्ये एलडिपी सांसदको संख्या २५८ छ र यो पार्टी २०१२ देखि सत्तामा छ । संवैधानिक लोकतान्त्रिक पार्टीका सांसद संख्या ९९ रहेको छ । जबकि कन्जरभेटिभ जापान पार्टीका सांसदको संख्या ४५ रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : ०८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका