ट्राफिक नियम नमान्नेलाई हेल्मेट बाँड्दै वडाध्यक्ष बस्नेत | Khabarhub Khabarhub

ट्राफिक नियम नमान्नेलाई हेल्मेट बाँड्दै वडाध्यक्ष बस्नेत


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– चाडपर्व नजिकिएसँगै हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई बाक्लो बनाउन थालेको छ ।

दशैंतिहारको समयमा सवारी चेकजाँचमा कडाइ गर्दा ट्राफिक प्रहरीले प्रायः पर्व खर्च उठाउन ‘चेकिङ’ मा बस्छन् भन्ने आरोप लाग्ने गरेको छ । मंगलबार बिहानै महाकाली पारीको नगरपालिका दोधारा–चाँदनीमा पनि प्रहरी सवारी चेकजाँचमा खटिएका थियो ।

स्थानीय नागरिक बिनाहेल्मेट दुई पाङ्ग्रे सवारी साधनमा ओहोर–दोहोर गरिरहेका थिए । अरुबेला ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई जरिवाना गराउँदै ‘चिट’ काट्ने ट्राफिक प्रहरी मंगलबार भने ट्राफिक नियमबारे सचेत गराइरहेका थिए ।

इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रहरी निरीक्षक जगत गाहामगरको नेतृत्वमा खटिएका प्रहरीसँगै देखिन्थे– वडा नम्बर ६ का अध्यक्ष ओम बस्नेत । उनी नयाँ हेल्मेटहरूका साथ प्रहरीसँगै बाटोमा उभिएका थिए ।

स्थानीय जनप्रतिनिधि साथमा राखेर सवारी चेकजाँच गर्ने क्रममा एक युवा बिनाहेल्मेट मोटरसाइकलमा आउँछन् । उनलाई प्रहरीले रोक्छ, सम्झाई बुझाई गर्छ । वडाध्यक्ष बस्नेत ती युवालाई रातो रंगको हेल्मेट दिन्छन् ।

‘चेतावनीस्वरुप हामी तपाईंलाई यो हेल्मेट दिन्छौँ । आगामी दिनमा यसरी हेल्मेट नलागाई सवारी साधन चलाउनु हुँदैन भन्ने बुझ्नु पर्यो‍ । छर–छिमेकीलाई पनि जानकारी गराउनु प¥यो,’ उनी युवालाई सम्झाउँदै भन्छन्, ‘सडक दुर्घटनाले मृत्यु हुने सम्भावना पनि हुन्छ । यो हेल्मेट ट्राफिक प्रहरी वा जनप्रतिनिधिका लागि होइन । यो सवारी चलाउनेको सुरक्षाका लागि हो ।’

वडाध्यक्ष बस्नेतले आफ्नो वडा क्षेत्रमा पर्ने सडकमा दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरीसँग समन्वय गरेर ट्राफिक सचेतना कार्यक्रमका लागि बिहानैबाट सडकमा उभिएको प्रतिक्रिया दिए ।

उनले मंगलबार एकदिने ट्राफिक सचेतनामूलक कार्यक्रम गरिएको बताए । ट्राफिक नियम उल्लंघन गरेर दुई पाङ्ग्रे सवारी साधन चलाउने १० जनालाई हेल्मेट उपहार दिइएको जानकारी बस्नेतले दिए ।

वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेकातर्फबाट निर्वाचित भएका थिए । ८७४ मतसहित वडा नम्बर ६ को वडाध्यक्षमा बस्नेत विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर सिजालीले ७५१ मत पाएका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : २५ बजे

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र