बीपी राजमार्गको नेपालथोकमा अस्थायी ट्रयाक खोल्न थालियो | Khabarhub Khabarhub

बीपी राजमार्गको नेपालथोकमा अस्थायी ट्रयाक खोल्न थालियो


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नेपालथोकमा शनिबार आएको रोशी खोलाको बाढीले सडक बगाएपछि अस्थायी ट्रयाक खोल्न थालिएको छ ।

सडक विभागले मंगलबारदेखि बीपी राजमार्गको नेपालथोकबाट सडकको अस्थायी ट्र्याक खोल्न थालेको हो । त्यसका लागि रोशी खोलाभित्रै डोजर परिचालन गरिएको छ ।

पहिले डोजरले रोशीको बहावलाई पूर्वतर्फ धकेलेपछि नदीको पश्चिम किनाराबाट अस्थायी ट्रयाक खोल्न लागिएको हो । नेपालथोकमा रोशीले बीपी राजमार्गको दुई सय मिटरभन्दा धेरै सडक पूरै बगाएर लगेको छ । बीपी राजमार्गमा रोशीले यहाँ सबैभन्दा धेरै क्षति गरेको छ

सडक विभागकाअनुसा महोत्तरीको बर्दीबासदेखि नेपालथोकसम्मको सडक आइतबारदेखि नै खुलेको छ । तर नेपालथोकदेखि काठमाडौंतर्फको सडक १० भन्दा धेरै ठाउँमा पूरै ध्वस्त भएको छ ।

रोशी–नेपालथोक खण्डमा दुई हजार ५० मिटर सडकको नदीमै मिसिएको छ । त्यहाँ मानिससमेत हिँड्न सक्ने अवस्था छैन ।

सडक विभागले यातायात सञ्चालन गर्न नयाँ ट्र्याक नै खोल्नुपर्ने निष्कर्ष निकालेको छ। विभागले तिहारसम्म ट्र्याक खोलेर यातायात सञ्चालन गर्न सकिने अनुमान गरेको छ।

सडक विभागले धुलिखेल–भकुन्डेबेँसी खण्ड पनि सोमबार साँझदेखि सञ्चालनमा ल्याएको छ । तर रोशी–नेपालथोक खण्डको सडक ठाउँ ठाउँमा पूरै क्षतविक्षत भएकाले यस पटकको दशैँमा काठमाडौंबाट यो मार्ग हुँदै मधेश र पूर्वी नेपाल जान असम्भव भएको हो ।

रोशीखोलाले बीपी मार्गको नेपालथोक सडकखण्डमा प्रहरी चौकीभन्दा एक सय मिटरमाथिको सडक पूरै झारेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १ : ०३ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई