बीपी राजमार्गको नेपालथोकमा अस्थायी ट्रयाक खोल्न थालियो « Khabarhub

बीपी राजमार्गको नेपालथोकमा अस्थायी ट्रयाक खोल्न थालियो


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नेपालथोकमा शनिबार आएको रोशी खोलाको बाढीले सडक बगाएपछि अस्थायी ट्रयाक खोल्न थालिएको छ ।

सडक विभागले मंगलबारदेखि बीपी राजमार्गको नेपालथोकबाट सडकको अस्थायी ट्र्याक खोल्न थालेको हो । त्यसका लागि रोशी खोलाभित्रै डोजर परिचालन गरिएको छ ।

पहिले डोजरले रोशीको बहावलाई पूर्वतर्फ धकेलेपछि नदीको पश्चिम किनाराबाट अस्थायी ट्रयाक खोल्न लागिएको हो । नेपालथोकमा रोशीले बीपी राजमार्गको दुई सय मिटरभन्दा धेरै सडक पूरै बगाएर लगेको छ । बीपी राजमार्गमा रोशीले यहाँ सबैभन्दा धेरै क्षति गरेको छ

सडक विभागकाअनुसा महोत्तरीको बर्दीबासदेखि नेपालथोकसम्मको सडक आइतबारदेखि नै खुलेको छ । तर नेपालथोकदेखि काठमाडौंतर्फको सडक १० भन्दा धेरै ठाउँमा पूरै ध्वस्त भएको छ ।

रोशी–नेपालथोक खण्डमा दुई हजार ५० मिटर सडकको नदीमै मिसिएको छ । त्यहाँ मानिससमेत हिँड्न सक्ने अवस्था छैन ।

सडक विभागले यातायात सञ्चालन गर्न नयाँ ट्र्याक नै खोल्नुपर्ने निष्कर्ष निकालेको छ। विभागले तिहारसम्म ट्र्याक खोलेर यातायात सञ्चालन गर्न सकिने अनुमान गरेको छ।

सडक विभागले धुलिखेल–भकुन्डेबेँसी खण्ड पनि सोमबार साँझदेखि सञ्चालनमा ल्याएको छ । तर रोशी–नेपालथोक खण्डको सडक ठाउँ ठाउँमा पूरै क्षतविक्षत भएकाले यस पटकको दशैँमा काठमाडौंबाट यो मार्ग हुँदै मधेश र पूर्वी नेपाल जान असम्भव भएको हो ।

रोशीखोलाले बीपी मार्गको नेपालथोक सडकखण्डमा प्रहरी चौकीभन्दा एक सय मिटरमाथिको सडक पूरै झारेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १ : ०३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी