बीपी राजमार्गको नेपालथोकमा अस्थायी ट्रयाक खोल्न थालियो | Khabarhub Khabarhub

बीपी राजमार्गको नेपालथोकमा अस्थायी ट्रयाक खोल्न थालियो


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नेपालथोकमा शनिबार आएको रोशी खोलाको बाढीले सडक बगाएपछि अस्थायी ट्रयाक खोल्न थालिएको छ ।

सडक विभागले मंगलबारदेखि बीपी राजमार्गको नेपालथोकबाट सडकको अस्थायी ट्र्याक खोल्न थालेको हो । त्यसका लागि रोशी खोलाभित्रै डोजर परिचालन गरिएको छ ।

पहिले डोजरले रोशीको बहावलाई पूर्वतर्फ धकेलेपछि नदीको पश्चिम किनाराबाट अस्थायी ट्रयाक खोल्न लागिएको हो । नेपालथोकमा रोशीले बीपी राजमार्गको दुई सय मिटरभन्दा धेरै सडक पूरै बगाएर लगेको छ । बीपी राजमार्गमा रोशीले यहाँ सबैभन्दा धेरै क्षति गरेको छ

सडक विभागकाअनुसा महोत्तरीको बर्दीबासदेखि नेपालथोकसम्मको सडक आइतबारदेखि नै खुलेको छ । तर नेपालथोकदेखि काठमाडौंतर्फको सडक १० भन्दा धेरै ठाउँमा पूरै ध्वस्त भएको छ ।

रोशी–नेपालथोक खण्डमा दुई हजार ५० मिटर सडकको नदीमै मिसिएको छ । त्यहाँ मानिससमेत हिँड्न सक्ने अवस्था छैन ।

सडक विभागले यातायात सञ्चालन गर्न नयाँ ट्र्याक नै खोल्नुपर्ने निष्कर्ष निकालेको छ। विभागले तिहारसम्म ट्र्याक खोलेर यातायात सञ्चालन गर्न सकिने अनुमान गरेको छ।

सडक विभागले धुलिखेल–भकुन्डेबेँसी खण्ड पनि सोमबार साँझदेखि सञ्चालनमा ल्याएको छ । तर रोशी–नेपालथोक खण्डको सडक ठाउँ ठाउँमा पूरै क्षतविक्षत भएकाले यस पटकको दशैँमा काठमाडौंबाट यो मार्ग हुँदै मधेश र पूर्वी नेपाल जान असम्भव भएको हो ।

रोशीखोलाले बीपी मार्गको नेपालथोक सडकखण्डमा प्रहरी चौकीभन्दा एक सय मिटरमाथिको सडक पूरै झारेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १ : ०३ बजे

ट्रम्प र जेलन्स्कीबीच भेटवार्ता : युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह

एजेन्सी – अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर ज़ेलन्स्की

जेन-जी आन्दोलनपछि पहिलोपटक च्यासल जाँदै ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलोपटक

कतारको दोहामा सलमान खानले लाइभ प्रस्तुति दिँदै

काठमाडौं– बलिउडका सुपरस्टार सलमान खानले फेरि एकपटक आफ्नो लाइभ प्रस्तुति

चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर

एजेन्सी– चीनमा जेनेरेटिभ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग तीव्र गतिमा

अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई