सरकारी राहत कोषमा एमालेले ५० लाख रुपैयाँ जम्मा गर्ने « Khabarhub

सरकारी राहत कोषमा एमालेले ५० लाख रुपैयाँ जम्मा गर्ने

उद्धार, राहत र स्वयंसेवामा लाग्न प्रधानमन्त्रीको आग्रह


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) शनिबारको बाढीपहिरो पीडितलाई राहतका लागि सरकारी कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय लिएको छ ।

हनुमानथानस्थित होटल बसेरामा मंगलबार बसेको सचिवालय बैठकले सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

यसअघि मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवामा लाग्न आव्हान गरेका छन् ।

 भीषण बाढीका कारण ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय डुबानमा परेपछि प्रमुख सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक हनुमानथानस्थि होटल बसेरामा बसेको हो ।

यही शुक्रबार र शनिबारको अविरल वर्षाका कारण एमाले पार्टी कार्यालय यो वर्ष दोस्रो पटक डुबानमा परेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १ : ०८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया