हलबाट उतारिएको ‘सानो संसार’ कात्तिक ९ देखि प्रदर्शनमा आउने « Khabarhub

हलबाट उतारिएको ‘सानो संसार’ कात्तिक ९ देखि प्रदर्शनमा आउने


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाढीको कारण देखाएर प्रदर्शन स्थगित गरिएको फिल्म ‘सानो संसार’ नयाँ प्रदर्शन मिति तोकिएको छ । निर्माण पक्षले सोमबार साँझ पोस्टरमार्फत कात्तिक ९ गतेबाट फिल्म पुन: प्रदर्शन हुने जानकारी दिएको हो ।

‘सानो संसार’ गत शुक्रबार अर्थात् असोज ११ बाट प्रदर्शनमा आएको थियो । प्रदर्शन भएकै दिन भारी वर्षा भयो । वर्षाले देशका विभिन्न स्थानमा बाढी–पहिरो गएपछि निर्माण पक्षले शनिबार विज्ञप्ति जारी गरी प्रदर्शन स्थगन गरेको जानकारी दिएको थियो ।

विज्ञप्तिमा लेखिएको थियो, ‘बाढी पहिरो र प्राकृतिक विपत्तिको कारण जनमानसलाई आवतजावत गर्नसमेत कठिन भएको परिप्रेक्षमा सबैभन्दा पहिला आममानिसको जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हाम्रो चलचित्र सानो संसार केही समयको लागि प्रदर्शन स्थगित गरेका छौं ।’

यस फिल्ममा कलाकार केदार घिमिरे ‘माग्ने बूढा’की श्रीमति सीतादेवी तिमल्सेना मुख्य भूमिकामा छन् । उनको यो डेब्यू फिल्म हो । सीतासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटीको प्रमुख भूमिका रहेको छ ।

त्यही मितिमा प्रदर्शनमा आएको फिल्म ‘आँखा’को प्रदर्शन रोकिएको छ । यस फिल्मको निर्माण पक्षले भने नयाँ प्रदर्शन मिति तोकेको छैन ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : ०८ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन