अमेरिकामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय नाघ्यो | Khabarhub Khabarhub

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय नाघ्यो


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा ’हेलेन’ नामक विनाशकारी आँधीबेहरीबाट ज्यान गुमाउनेको सङ्ख्या सोमबार ११८ पुगेको छ ।

दक्षिणपूर्वी अमेरिकी राज्यमा सयौँ अझै बेपत्ता छन् र मृत्युको सङ्ख्या बढ्दै जाँदा, राष्ट्रपति जो बाइडेनले उद्धार प्रयासको निरिक्षण गर्न बुधबार आँधीले ध्वस्त पारेको उत्तरी क्यारोलिनाको यात्रा गर्ने घोषणा गरेका छन् । 

आँधीबेहरी र त्यसले निम्त्याएको बाढीबाट उत्तर क्यारोलिनामा ४९, दक्षिण क्यारोलिनामा २५, जर्जुयामा २५, फ्लोरिडामा १४, टेनेसीमा ४ र भर्जिनियामा एक गरी कम्तिमा ११८ जनाको मृत्यु भएको एएफपीले संकलन गरेको स्थानीय अधिकारीको तथ्यांकले जनाएको छ । 

संघीय आपतकालीन व्यवस्थापन प्रशासन (फेमा) का कर्मचारीले प्रभावित राज्यमा मानिसको उद्धार र खोजी कार्य जारी राखेका छन् । उनीहरूले प्रभावित क्षेत्रहरूमा पानी र बिजुली आपूर्ति पुनर्स्थापना गर्ने, आँधीले ढालेका रूखहरू पन्छ्याउने, आवश्यक सामग्री उपलब्ध गराउने र सहायता आवश्यक हुने मानिसको नाम दर्ता गर्ने काम गरिरहेका छन् । 

अधिकारीहरूले मृतकको सङ्ख्या बढ्ने चेतावनी दिँदै अझै ६०० जना बेपत्ता रहेको जानकारी गराएका छन् । 

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १ : ४७ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना