ऊर्जामन्त्रीसँग नर्वेका राजदूतको शिष्टाचार भेट « Khabarhub

ऊर्जामन्त्रीसँग नर्वेका राजदूतको शिष्टाचार भेट


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि नर्वेका राजदूत तोरन द्रामदलबीच शिष्टाचार भेट भएको छ । त्यस अवसरमा उनीहरूबीच  नेपाल–नर्वे सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

नर्वे नेपालको महत्वपूर्ण विकास साझेदार भएको तथा ऊर्जा क्षेत्रमा ६० वर्षभन्दा बढी समयदेखि नर्वे सरकारको सहयोग रहेको बताए। दिगो ऊर्जा र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न तथा जलविद्युत् उत्पादनमा नर्वे सरकारको योगदान अमूल्य रहेको भन्दै मन्त्री खड्काले त्यसको सराहना गरे। 

नेपालको जलविद्युत्, प्रसारण र वितरणमा रोजगारीका लागि तालिम कार्यक्रम, सिभिल, इलेक्ट्रिकल र हाइड्रोमेकानिकल क्षेत्रमा स्थानीय विशेषज्ञता विकास गर्न नर्वेको सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । तिनाउ, आँधीखोला, झिम्रुक, खिम्ती, माथिल्लो तामाकोशीलगायत ठूला जलविद्युत् आयोजना र लघु जलविद्युत् आयोजना निर्माणमा नर्वे सरकारको सहयोग छ ।

मन्त्री खड्काले विद्युत उत्पादन क्षमता विस्तार गर्नुका साथै प्रसारण लाइन, सबस्टेशन र ग्रामीण विद्युतीकरणमा तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उक्त कार्यमा नर्वेको सहयोगको अपेक्षा गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

राजदूत द्रामदलले नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि नर्वे सरकारको सँधै साथ र सहयोग रहने बताए। उनले नेपाली विद्यार्थीलाई नर्वेमा जलविद्युत्सम्बन्धी उच्च शिक्षा अध्ययनार्थ छात्रवृत्ति प्रदान गर्दै आएको उल्लेख गरे।

उनले आगामी दिनमा प्रसारण लाइनको विकासमा समेत नर्वे सरकारले सहयोग गर्ने बताए।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  २ : २० बजे

मोदीको पहलपछि सरकार र ककरोच जनता पार्टीबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि भारत सरकार र ककरोच जनता

मोदीको पहलपछि सरकार-कक्रोच वार्ता

नयाँदिल्ली– भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो