इरानमा बाढीका कारण १५ जनाको मृत्यु « Khabarhub

इरानमा बाढीका कारण १५ जनाको मृत्यु


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानको दक्षिणी सहरमा आएको आकस्मिक बाढीले छ जनाको मृत्यु भएको प्रारम्भिक तथ्याङ्कलाई अपडेट गर्दै कुल १५ जनाको मृत्यु भएको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

‘हलिल नदीमा आएको बाढीका कारण बेपत्ता हुनेमध्ये अन्तिम शव जिरोफ्टमा फेला परेपछि कुल १५ जनालाई मृत घोषित गरिएको छ’, आधिकारिक इर्ना समाचार समितिले बतायो । त्यससँगै खोजी र उद्धार अभियान समाप्त भएको इर्नाले जनाएको छ । 

सोमबारको बाढीमा परी मृत्यु भएका लगभग सबै इस्लामिक गणतन्त्रमा बसोबास गर्ने अफगान नागरिक रहेको इरानको आइएसएनए समाचार समितिले जनाएको छ ।

जिरोफ्ट सामान्य रूपमा सुख्खा दक्षिणी प्रान्त केरमानमा अवस्थित एउटा सहर हो । इरानले विगत एक दशकमा बारम्बार विनाशकारी बाढीको सामना गर्दै आएको छ । 

सन् २०२२ मा इरानको दक्षिणी क्षेत्रमा आएको भारी वर्षाले कम्तीमा ८० जनाको ज्यान लिएको थियो र करिब २० करोड डलरको क्षति भएको अनुमान गरिएको थियो । 

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  २ : ३८ बजे

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले