समाजवादी विश्व सम्मेलनमा भाग लिन चिली जाँदै उपेन्द्र यादव « Khabarhub

समाजवादी विश्व सम्मेलनमा भाग लिन चिली जाँदै उपेन्द्र यादव


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दक्षिण अमेरिकाको चिली जाने भएका छन् ।

यादव बुधबार कतार एयरलाइन्सको विमानबाट चिलीतर्फ जान लागेका हुन् ।

चिलीको स्यान्टियागोमा सबै महादेशका विभिन्न मुलुकहरूका प्रगतिशील, सामाजिक लोकतान्त्रिक, श्रमिक र समाजवादी पार्टीको अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाइन्सको आयोजनामा हुन लागेको विश्व सम्मेलनमा सहभागी हुन अध्यक्ष यादव जान लागेका हुन् ।

अक्टोबर ५ र ६ तारिखमा आयोजना हुने ‘थर्ड ग्लोबल कन्भेन्सन अफ दि प्रोग्रेसिभ एलाइन्स’को उक्त सम्मेलनमा अध्यक्ष यादवको नेतृत्वमा जसपा नेपालको अन्तर्राष्ट्रिय विभाग प्रमुख अर्जुन थापासहितको प्रतिनिधिमण्डल चिली जाँदैछ ।

अध्यक्ष यादवसहितको प्रतिनिधिमण्डल असोज २४ गते राति कतार एयरलाइन्सबाट स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : २५ बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका