गाडीको अग्रिम टिकट बन्द नहुने, काठमाडौंमै दशैँ मनाउन जोड (१० बुँदे निर्णयसहित) | Khabarhub Khabarhub

गाडीको अग्रिम टिकट बन्द नहुने, काठमाडौंमै दशैँ मनाउन जोड (१० बुँदे निर्णयसहित)


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार बिहान काठमाडौंमा एकाएक चर्चा चल्यो– ‘दशैंको अग्रिम टिकट बुकिङ बन्द हुन सक्छ ।’

यातायात व्यवसायी महासंघको नेतृत्वले नै यस्तो बताएपछि दशैंमा घर जान पाइन्न कि भन्ने मानिसहरुलाई पर्नु स्वाभाविकै थियो । तर, बेलुका यातायात व्यवस्था विभागमा भएको छलफलले टिकट बुकिङ बन्द नगर्ने निर्णय गरेको छ ।

मंगलबार विभागका महानिर्देशकको नेतृत्वमा आयोजित छलफलमा यातायात व्यवसायी, ट्राफिक प्रहरी कार्यालयका अधिकारी र यातायात मजदुर संगठनका प्रतिनिधिहरुको सहभागिता थियो । छलफलले बाटो अवरुद्ध भएता पनि दशैंको टिकट बुकिङ रद्द नगर्ने निर्णय गरेको छ ।

टिकट काटिसकेका यात्रुलाई प्राथमिकतामा राख्ने तर अग्रिम टिकट बुकिङ रद्द नहुने बैठकमा सहभागी स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले खबरहबलाई बताए । उनले भने, ‘अग्रिम टिकट बन्द नगर्ने निर्णय भएको छ तर अत्यावश्यक बाहेक यात्रा नगर्न पनि अनुरोध गरिएको छ ।’

राईकाअनुसार विभागमा बैठक बस्नुअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग पनि सरोकारवालाले छलफल गरेका थिए ।

त्यसक्रममा मन्त्री दाहालले सकेसम्म दशैंमा यातायात सहजरुपमा चल्ने वातावरण बनाउन सरकार लागि परेको बताएका थिए ।

दशैंमा बाटो खुल्ने मन्त्रीको आश्वासनसँगै विभागमा भएको छलफलले अग्रिम टिकट बुकिङ बन्द नगर्ने निर्णय लिएको हो ।

असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण अवरुद्ध सडकमा अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीहरूलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयसँग अनुरोध गर्नेसमेत सरोकारवालाको बैठकबाट निर्णय भएको ।

दशैंको अग्रिम टिकट बुकिङ खुल्ला रहने भएता पनि बीपी राजमार्गको बाटो खुल्ने नखुल्ने अझै टुंगो भने छैन । यसतो अवस्थामा अत्यावश्यक परेको अवस्थामा बाहेक काठमाडौं उपत्यका बाहिर नजान र सकेसम्म काठमाडौंमै रहेर दशैं मनाउन यात्रुहरुलाई आग्रह गर्ने सनर्णयसमेत भएको राई बताए ।

अग्रिम टिकट बन्द नहुने र अग्रिम टिकट भएकाहरूलाई पहिलो प्राथमिकतामा घर पठाएर अरूलाई पालो दिने राईको भनाइ छ ।

वैकल्पिक मार्गहरूको पहिचान गरी ठुला सवारी साधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटोहरू छनौट गर्ने र लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनले आफ्नो सवारीमा अत्यावश्यकता प्राथमिक स्वास्थ्य उपचारका सामाग्री, पिउने पानी लगायतको व्यवस्था गर्ने निर्णय गरेको छ ।

विभागमा भएको छलफलपछि जारी संयुक्त अपीलमा भनिएको छ, ‘सडकमा पहिरो आई वा बाढीले सडक बगाउँदा बीच बाटोमै अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीहरुलाई यथाशिघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्ने साथै विषम परिस्थितिका कारण उत्पन्न हुन सक्ने दुर्घटना एवम् जोखिम न्यूनीकरण गर्न अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा गर्ने परे सावधानी एवं सतर्कता अपनाउनु हुन सर्वसाधारणलाई अनुरोध गर्ने ।’

हेर्नुहोस् १० बुँदे निर्णय

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ८ : ३२ बजे

इजरायलमा ईरानको मिसाइल हमला सुरु

एजेन्सी – ईरानले इजरायलमा मिसाइल हमला थालेको छ । इजरायली

ईरानले ‘मिसाइल चेतावनी’ दिएलगत्तै बढ्यो तेलको मूल्य

एजेन्सी – ईरानले इजरायलमाथि मिसाइल प्रहार गर्ने चेतावनी दिएलगत्तै विश्वबजारमा

हिज्बुल्लाहले इजरायली एअरबेसमा दाग्यो मिसाइल

एजेन्सी – लेबनानको सशस्त्र कट्टरपन्थी लडाकु समूह हिज़्बुल्लाहले इजरायली एयरबेसमा

‘लेबनानमा रहेका सबै नेपाली सुरक्षित छन्‌’ : परराष्ट्र मन्त्रालय

काठमाडौं – परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका सबै नेपाली सुरक्षित रहेको दाबी

दैवी प्रकोप उद्धार कोषमा साढे तीन करोड आर्थिक सहयोग

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन