फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु « Khabarhub

फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मनिला – दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु भएको छ भने कम्तीमा आठ विद्यार्थी घाइते भएका छन् । स्थानीय अधिकारी र प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

साउथ कोटाबाटो प्रान्तको बाङ्गा सहरस्थित बाङ्गा नेसनल हाईस्कुलमा घटना भएको हो । फिलिपिन्स राष्ट्रिय प्रहरीले विद्यालय परिसरलाई सुरक्षित बनाइएको र विद्यालय प्रशासन तथा स्वास्थ्यकर्मीसँग समन्वय गरी अनुसन्धान अघि बढाइएको जनाएको छ ।

साउथ कोटाबाटोका गभर्नर रेनाल्डो तामायोका अनुसार मृत्यु हुने दुई विद्यार्थी एक बालक र एक बालिका हुन् । उनीहरू दुवै १४ वर्षका थिए । उनका अनुसार गोली चलाउने १६ वर्षीय विद्यार्थीले पछि आफैँलाई गोली हानेका थिए ।

बाङ्गाका मेयर अल्बर्ट पालेन्सियाका अनुसार बन्दुकधारीले आफ्नो कक्षाको छेउमा रहेको कक्षामा रहेका विद्यार्थीमाथि गोली चलाएका थिए । गोली लागेका १० जनामध्ये दुई जनाको मृत्यु भएको र आठ जना घाइते भएका थिए । अत्यधिक आत्तिएर श्वासप्रश्वासमा समस्या देखिएका अर्का एक व्यक्तिलाई पनि उपचारका लागि अस्पताल लगिएको उनले बताए ।

मेयरका अनुसार बन्दुकधारीले घटनाअघि आफ्ना केही साथीलाई घर जान भनेका थिए । आफूले केही गर्न लागेको र त्यसमा साथीहरू पनि मुछिन सक्ने भन्दै उनले उनीहरूलाई घर जान भनेको बताइएको छ । सहपाठीहरूले उनको भनाइलाई भने गम्भीर रूपमा नलिएको अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार गोली चलाउन प्रयोग गरिएको हतियार बन्दुकधारीका बुवाको थियो । शिक्षा विभागका कर्मचारी उनका बुवाले हतियार सुरक्षित बाकसमा राखेका थिए । तर किशोरले उक्त बाकस तोडेर हतियार निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मेयरले बताए ।

प्रहरीले बन्दुकधारीले अनलाइनमा गरेको केही पोस्ट फेला पारेको जनाएको छ । ती पोस्टको गोलीकाण्डसँग कुनै सम्बन्ध भए–नभएकोबारे अनुसन्धान भइरहेको छ । गभर्नर तामायोका अनुसार बन्दुकधारीका एक साथीले उनी अनलाइनको ‘ट्र क्राइम’ समुदायमा सङ्लग्न रहेको बताएका थिए ।

मेयर पालेन्सियाका अनुसार विद्यालयका सल्लाहकारले ती किशोरकी आमाले उनलाई मनोचिकित्सक कहाँ लैजान चाहेको जानकारी दिएका थिए । घटनाको कारण र गोलीकाण्डसँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ८ : ४१ बजे

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१

फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु

मनिला – दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई