देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : प्रचण्ड « Khabarhub

देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : प्रचण्ड


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् ।

अखिल नेपाल किसान महासङ्घद्वारा आज आयोजित कार्यक्रममा उनले दिगो कृषि अभ्यास नेपाली किसानका लागि सबैभन्दा महत्त्वपूर्ण रहेको बताउँदै किसानले दैनिक जीवनमा भोगेका समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

उत्पादनलाई अनुकूलन गर्नु र खेतीलाई बढी लाभदायक बनाउनु अहिले ठूलो चुनौती रहेको बताउँदै संयोजक दाहालले प्रविधिको माध्यमबाट किसानलाई दिगो, पर्यावरणमैत्री र लाभदायक खेती गर्न प्रेरित गर्न सकेमा कृषि औद्योगिकरणको विकास गर्न सकिने उल्लेख गरे ।

उनले आफू पनि किसान सङ्गठनमा काम गरेको स्मरण गर्दै कृषि क्षेत्रले ठूलो सङ्ख्यामा रोजगारीका अवसर सृजना गर्ने तथा कृषि उत्पादन वृद्धिले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने विचार व्यक्त गरे ।

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि क्षेत्रमा गरिने खर्चले उत्पादन वृद्धि हुने र किसान वर्गको जीवन सुदृढ गर्ने बताउँदै त्यसले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले स्वदेशी वस्तुलाई देशमा खपत गर्न सकेमा आयात प्रतिस्थापनमा सहयोग पुग्ने र विदेशिने अर्थतन्त्रलाई स्वदेशमै परिचालन गर्न सकिने बताए ।

रोजगारी तथा राष्ट्रिय उत्पादन वृद्धि गर्न सरकारले कृषि, पर्यटन तथा पूर्वाधारलगायत उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।

महासङ्घका अध्यक्ष बलदेव चौधरीले निर्यातमूलक कृषि उद्योगलाई सरकारले सहुलियत उपलब्ध गराउन आग्रह गर्दै नेपाली हावापानीमा हुने उत्पादन गुणस्तरीय हुने गरेकाले अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको बताए । उनले सरकारले सिँचाइ, रासायनिक मल, बीउबिजन, नवीनतम् प्रविधिमा सहुलियत उपलब्ध गराउन माग गरे । सो अवसरमा उद्यमी भगवान कार्कीलगायत उत्कृष्ट किसानलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ८ : २४ बजे

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१

फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु

मनिला – दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी

काठमाडौं – स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन