दोलखामा पर्यटन प्रवर्द्धनको लागि फोटो प्रदर्शनी  « Khabarhub

दोलखामा पर्यटन प्रवर्द्धनको लागि फोटो प्रदर्शनी 


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दोलखा– हिमाली जिल्ला दोलखाको पर्यटन प्रवर्द्धनको लागि फोटो प्रदर्शनी आयोजना गरिएको छ । चरिकोट मिडिया फाउण्डेशनको आयोजनामा सदरमुकाम चरिकोटमा फोटो प्रदर्शनी आयोजना गरिएको हो ।

विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गतेदेखि फोटो प्रदर्शनी भइरहेको चरिकोट मिडिया फाउण्डेशनका अध्यक्ष जीवन लामाले बताए ।

संस्कार, संस्कृतिमा दोलखा विषयक र संस्कृति विधामा फोटो प्रदर्शनीमा ४० वटा फोटो राखेका छन् । दोलखामा रहेका आदिवासी जनजातिहरू सुरेल, जिरेल, थामी, तामाङ, शेर्पा, नेवार, सुनुवार लगायतका चाडपर्व, संस्कृतिलाई समेटिएर फोटो राखिएको फाउण्डेशनका अध्यक्ष लामाले जानकारी दिए ।

आदिवासी जनजातिको साथै क्षेत्री बाहुनका संस्कार संस्कृतिलाई समेत समेटिएर फोटो राखिएको छ ।

यस फोटो प्रदर्शनीले दोलखामा रहेका विभिन्न जातजातिको संस्कार, संस्कृतिको प्रवर्द्धन र संरक्षण हुनुको साथै पर्यटन क्षेत्रको समेत विकास हुने राष्ट्रिय फोटो पत्रकार समूह दोलखाका अध्यक्ष प्रलाद आचार्यले जानकारी दिए ।

फोटो प्रदर्शनीलाई सफल बनाउनको लागि रुपकला चरिकोटले साथ दिएको अध्यक्ष आचार्यको भनाइ रहेको छ। साथै होटल एण्ड टुरिज्म इन्टरप्रेनियर्स एसोसिएशन चरिकोट दोलखाले पनि फोटो प्रदर्शनीमा पार्टनर रहेको छ ।

यसअघि पनि चरिकोट मिडिया फाउण्डेशनले फूल: सुरुदेखि अन्त्यसम्म विधामा फोटो प्रदर्शनी आयोजना गरिएको थियो ।

-सुबास बस्नेत

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : ५५ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव