सञ्चार तथा सामाजिक विकाससम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी भोलिदेखि | Khabarhub Khabarhub

सञ्चार तथा सामाजिक विकाससम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी भोलिदेखि


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सञ्चार तथा सामाजिक विकाससम्बन्धी चारदिने सङ्गोष्ठी बुधबारदेखि धुलिखेलमा हुने भएको छ ।

सङ्गोष्ठीको उद्‌घाटन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेपालका लागि चीनका राजदूत छन् सङले गर्ने कार्यक्रम रहेको आयोजक पान हिमालय कम्युनिकेसन रिसर्च सेन्टरले जनाएको छ ।

सङ्गोष्ठीमा नेपाल र चीनसहित हिमाल राष्ट्रका विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम गर्नेछन् । सेन्टरका निर्देशक प्राध्यापक हान होङका अनुसार सङ्गोष्ठीमा हिमालय क्षेत्रको सञ्चार विकास साझेदारी सामाजिक विकास अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । 

गोष्ठीमा युनिभर्सिटी अफ टेक्ससका प्राध्यापक अरविन्द सिङ्घाल, छिङ्ह्वा विश्वविद्यालयका प्राध्यापक लि सिङ्गवाङ, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक निर्मलमणि अधिकारी, जहवारलाल नेहरु विश्वविद्यालयका प्राध्यापक मनुकोन्ड रवीन्द्रनाथ, दिल्ली विश्वविद्यालयका प्राध्यापक सरिता आनन्दलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

गोष्ठीमा ५० बढी अनुसन्धानकर्ताले सञ्चार तथा सामाजिक विकासका विभिन्न विषयमा गरेका अनुसन्धानका सार प्रस्तुत गर्ने कार्यक्रम छभने हिमालय क्षेत्रमा केन्द्रित भएर तयार पारिएका वृत्तचित्र तथा पुस्तक पनि प्रदर्शनी गरिनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : १३ बजे

तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्नुपर्ने एमालेका युवा माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेताहरूले गत

ओली निवास निर्माणका लागि चन्दा उठाइँदैन : महेश बस्नेत

काठमाडौं – नेकपा (एमाले) नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा पार्टी

इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने

बर्लिन – बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप

स्वर्गीय विपिन जोशीको सम्झनामा ‘विपिन चोक’

महेन्द्रनगर – इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन

छठमा आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था

बागमती – छठ पर्वका बेला हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण