सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्री यादवको निर्देशन « Khabarhub

सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्री यादवको निर्देशन


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीबाट ललितपुरको सैँबुमा ल्याइने सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन दिएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सिस्नेरी खानेपानी आयोजनाको अध्ययनसम्बन्धी हालसम्मको प्रगति प्रस्तुति कारण तथा छलफलबारे आज आयोजना गरेको कार्यक्रममा उनले सिस्नेरी खानेपानी आयोजनाका काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिए।

मन्त्री यादवले भने, ‘उपत्यकावासीका १२ महिना पानी खान पाउने सपना पूरा हुन सकेका छैनन्, अब हामीले सिस्नेरीको पानी उपत्यकामा पुर्‍याएर यहाँका जनताको सपना सकार गर्नु आवश्यक छ, सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउनुहोस् ।’

उनले सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्रालयको पूर्ण सहयोग रहने आश्वासन समेत दिए।

मन्त्री यादवले भने, ‘तपाईंहरू सिस्ने खोपानी आयोजनाका बाँकी गर्नुपर्ने काम अगाडि बढाउनुस्, मन्त्रालयको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुन्छ ।’ काठमाडौँमा पानीको निकै अभाव हुँदै गएको र मेलम्चीको पानी यहाँका जनतालाई पुर्‍याउन नसकेको बताउँदै उनले भने, ‘विभिन्न समस्याका कारण हामीलाई काठमाडौँ उपत्यकाका नागरिकलाई पानी उपलब्ध गराउन निकै समस्या हुँदै आएको छ, यो बेलामा हामीले सबै कुराको आट गरेर जनतालाई पानी दिन सक्नुपर्छ ।’

राज्यले नागरिकका हकमा दीर्घकालीन खानेपानीका योजना बनाउनसक्ने भएकाले खानेपानीका आयोजनाका विषयमा आउने नकारात्मक टीकाटिप्पणीका बारेमा कुनै प्रवाह नगरी आफ्नो काममा निरन्तर लागिपर्न मन्त्री यादवले आज कर्मचारीलाई निर्देशन दिए।

उपत्यकाबाट करिब १९ किमी दूरीमा रहेको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा बाँध बनाइ कोगटे खोलाको पानी समेतलाई जम्मा गरी पम्पका माध्यमबाट पानी प्रशोधन केन्द्रसम्म पुर्‍याउने काम अन्तिम चरणमा रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशन सञ्जिवविक्रम राणाले जानकारी दिए। 

राणाका अनुसार सिस्नेरी खानेपानी आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन इआइएको स्कोपिङ कागजात तथा टिओआर, वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको छ । पाइपलाइन, पानी प्रशोधन केन्द्र, सम्भावित बाँध निर्माणस्थल, पम्प स्टेसन, इन्टेक आदिका लागि टोपोग्राफिकल सर्भे, ड्रोन सर्भे, हाइड्रो मेट्रोलोजिकल सर्भे, जियो–प्राविधिक सर्भे, भौगर्भिक अनुसन्धान सर्भे, पहुँचमार्ग सर्भे, इलेक्टिसिटी पावर सर्भे सकिएको छ । 

बाँध निर्माणका लागि आवश्यक विस्तृत अध्ययन गर्न बाँधको ‘टिओआर’ तथा लागत ‘इष्टिमेट’ तयार गरिएको छ भने आयोजनाको वातावरणीय असर अध्ययन(इआइए) का लागि ‘टिओआर’ तथा लागत ‘इष्टिमेट’ प्राप्त भएको र यस आर्थिक वर्षभित्र परामर्शदाता छनोट प्रक्रिया अघि बढाउने लक्ष्य लिइएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ४५ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा