मेलुङमा लिफ्ट प्रविधि सहितको प्रशासनिक भवन निर्माण हुँदै « Khabarhub

मेलुङमा लिफ्ट प्रविधि सहितको प्रशासनिक भवन निर्माण हुँदै


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको मेलुङ गाउँपालिकामा लिफ्ट प्रविधि सहितको सुविधा सम्पन्न गाउँपालिका प्रशासनिक भवन निर्माण धमाधम भइरहेको छ।

स्थानीय सरकार गठन भए देखी भवन अभावको समस्या झेल्दै भाडा तथा अस्थायी भवनको सहायतामा सेवा प्रवाह गर्दै आएको पालिकाले १८ महिना भित्र निर्माण सक्नेगरि आफ्नै लिफ्ट प्रविधि सहितको सुविधा सम्पन्न गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य लाई तिव्रता दिएको हो ।

 गाउँपालिका आफैँले गत र चालु वर्ष बजेट विनियोजन गरेर ठेक्का मार्फत भवन निर्माण सुरु गरेको मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले जानकारी दिए। पालिकाले १२ करोड ५३ लाख लगानीमा निर्माण हुन लागेको लिफ्ट प्रविधि सहितको प्रशासनिक भवनको पहिलो तलामा ढलान गर्न तयारी थालिएको अध्यक्ष थोकरले बताए । मौसमले साथ दिए यहीँसाता भित्र पहिलो तलाको ढलान सकिने बताए।

उनका अनुसार गत वैशाखमा ठेक्का लगाएर भवन निर्माणलाई तिव्रता दिएको छ।

गाउँपालिका भित्रका सेवाग्राही नागरिकलाई एउटै स्थान बाट सेवा दिने उद्देश्यले लिफ्ट प्रविधिमा साढे ३ तलाको सुविधा सम्पन्न अत्याधुनिक लिफ्ट प्रविधिको पक्की आर.सी.सी भवन निर्माण थालिएको मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले बताइन् । उनले आफ्नै भवन नहुँदा सेवाग्राहीलाई समेत सेवा लिन समस्या भएको भन्दै जग्गा व्यवस्थापन गरेर भवन निर्माणका लागि १२ करोड ५३  लाखमा ठेक्का लगाएर अहिले धमाधम काम भइरहेको बताइन् ।

गाउँपालिकाका प्रमुख इन्जिनियर सुमन नेपालका अनुसार निर्माणधीन भवनको गुणस्तरीयताको लागि पालिका अध्यक्ष, उपाध्यक्ष लगायत आफूहरूले नियमित अनुगमन गरिरहेको सुनाए।

इन्जिनियर नेपालका अनुसार नयाँ भन्ने प्रशासनिक भवनमा न्यायिक समितिको इजलास, कार्यपालिका मिटिङ्ग हल, सभा गोष्ठी, कार्यक्रम हल, पालिका अध्यक्ष , उपाध्यक्ष  र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र गाउँकार्यपालिकाको सबै शाखाहरुको व्यवस्थापन सहितको लागि २२ कोठाको हुने बताए। भवन निर्माणको जिम्मा निर्माण कम्पनी शिम्पानी सनस्ट्रार दिव्यश्वरी जेभीले लिएको जानकारी दिए।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ५१ बजे

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको

बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वालेन्द्र शाह

गोली हानेर काठमाडौँको पिंगलास्थानबाट खैरो हेरोइन कारोबारी पक्राउ

काठमाडौँ– काठमाडौँको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको