आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव  « Khabarhub

आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव 


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर पश्चिमी वायुको तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक  बदली देखि मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू-भागका थोरै तथा बाँकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै राती आज देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र  गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक-आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ६ : ५४ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य