सवारी दुर्घटनामा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर « Khabarhub

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– लिखु गाउँपालिका–६ छहरेमा मिनिट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो । 

दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन् । निजको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनिट्रकका चालक फरार रहेकाले निजको खोजी भइरहेको उनले बताए।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ९ : १४ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको