लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु | Khabarhub Khabarhub

लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बेरुत– पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा परी ११ जनाको मृत्यु हुनुको साथै १४ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

एजेन्सीका अनुसार बालबेक जिल्लाको बुडे गाउँको एउटा घरमा इजरायली आक्रमणले एकै घरका श्रीमान, श्रीमती र उनीहरूका दुई बच्चाहरूको ज्यान गएको हो ।

स्रोतका अनुसार अर्को आक्रमणमा मकनेह गाउँमा आमाबाबु र उनीहरूका चार सन्तानसहित छ जनाको परिवारको मृत्यु भएको थियो भने अन्य छ जना घाइते भएका थिए ।

यसै गरी  बालबेक सहरको दक्षिणी प्रवेशद्वारमा चार वटा इजरायली हवाई आक्रमणले एक महिलाको ज्यान लिनुका साथै  अन्य पाँच जना घाइते भएका छन् भने एउटा घर ध्वस्त भएको छ ।

डौरिस सहरको कस्र अल उलुम छिमेकको आवासीय क्षेत्रमा भएको अर्को आक्रमणमा तीन जना घाइते भएका छन् भने विस्फोटबाट नजिकैका दर्जनौँ भवन, व्यवसाय र संस्थाहरूलाई क्षति पुगेको छ ।

अहिलेसम्म बालबेक–हर्मेल गवर्नरेट र मध्य बेका क्षेत्रमा इजरायलले एक हजार भन्दा बढी आक्रमणको गरेको छ  जसको परिणामस्वरूप ६२८ जनाको मृत्यु भएको छ भने एक हजार ६९  भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ४ : ११ बजे

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

कञ्चनपुर – बेलौरी नगरपालिका ९ रतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन

चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले चाडपर्वको सामाजिकसँगै मानवीय महत्व रहेको

इजरायलमा हिजबुल्लाहको रकेट आक्रमण, ७ जनाको मृत्यु

काठमाडौ – उत्तरी इजरायलमा हिजबुल्लाहले बिहीबार गरेको दुई छुट्टाछुट्टै रकेट

पोर्चुगलका रुबेन बने म्यानचेस्टर युनाइटेड मुख्य प्रशिक्षक

काठमाडौं – म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेन अमोरिमलाई मुख्य प्रशिक्षकमा नियुक्त

बागमती सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा

बागमती – बागमती प्रदेश सरकारले लोपोन्मुख जाती, सिमान्तकृत समूह र