पोर्चुगलका रुबेन बने म्यानचेस्टर युनाइटेड मुख्य प्रशिक्षक | Khabarhub Khabarhub

पोर्चुगलका रुबेन बने म्यानचेस्टर युनाइटेड मुख्य प्रशिक्षक


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेन अमोरिमलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

रुबेन जुन २०२७ सम्मका लागि प्रशिक्षक बनेको म्यानचेस्टर युनाइटेडले आधिकारिक जानकारी दिएको हो । ३९ बर्षिय रुबेन हाल पोर्चुगलको स्पोर्टिंग सिपीका प्रशिक्षक थिए । रुबेनले नोभेम्बर ११ देखि प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने युनाइटेडले जानकरी दिएको छ ।

क्लबको लगातार खराब प्रदर्शनपछि म्यानचेस्टर युनाइटेडले गत आइतबार आफ्ना प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको थियो ।

रुबेनलाई भित्र्याउन युनाइटेडले स्पोर्टिंगसँग उनको १० मिलियन युरोको एक्जिट क्लज अनुसारको रकम तिरेको बताइएको छ । २०२० को मार्च देखि स्पोर्टिंगको प्रशिक्षक रहेका रुबेनले स्पोर्टिंगलाई २ सिजन लिग जिताएका छन् भने कुल ५ उपाधि जिताएका छन् ।

रुबेन आफ्नो स्पष्ट खेल खेलाउने तरिकाका लागि पोर्चुगलमा परिचित छन् । उनले उनको कोचिंग क्यारियरमा अहिलेसम्म ३(४(३ फर्म्याटमा खेलाउदै आएका छन् ।

 

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ६ : ३७ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस