काठमाडौंमा ५० लाखको घर बनाएर बेचौँ | Khabarhub Khabarhub

सरकारलाई गभर्नरको सुझाव

काठमाडौंमा ५० लाखको घर बनाएर बेचौँ

गैह्रआर्थिक विषय नै अर्थतन्त्रमा समस्याको मुख्य कारण हो



भर्खरै नेपालको सार्वभौम शाख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को विषय उठेको छ । हामी समग्र अवस्थामा ‘इकोनोमिक फन्डामेन्टल’ हिसाबलेदक्षिण एशियामा दोस्रो स्थानमा छौं । त्यही हिसाबले रेटिङ पनि आएको छ । त्यसकारण हामीले यसलाई स्वाभाविक रूपमै लिँदा हुन्छ । अनुकूल रेडिङका आधारमा लगानी भित्र्याउन र हाम्रो अवस्था थप बलियो बनाउन बढाउन राज्य नै लाग्नुपर्छ ।

अस्तिमात्रै आएको मौद्रिक नीति समीक्षा प्रतिवेदनमा कतिपयले नयाँ विषय आएन भनेर पनि प्रश्न गर्नुभएको छ । यस पछाडिको मूल कारण के हो भने; हामीले साउन ११ गते वार्षिक मौद्रिक नीति ल्याउँदा जे जस्तो अनुमान र अवस्था थियो, त्यसमा अहिले खासै केही परिवर्तन भएको छैन । हामीले छुनुपर्ने कुनै विषय छैन । यस अर्थमा पनि हामीले हाम्रो अडान यथावत राखेर कुनै पनि किसिमको नीति परिवर्तन नगरी मौद्रिक नीतिको त्रैमासिक समीक्षा गरेका हौं ।

जसको अन्यथा अपेक्षा थियो – उहाँहरूले के सोच्नुपर्‍यो भने साउनमा ल्याएको नीतिमा हामीले धेरै प्रगतिशील विषय समेटेका थियौं । त्यसलाई लागू गर्न अरू क्षेत्रबाट गर्नुपर्ने धेरै काम बाँकी छन् । ती कामहरू हामीले गर्दै गयौँ भने भोलिको दिनमा ‘स्पेस’ आउँदा गर्नुपर्ने काम छँदैछ ।

समग्र अर्थतन्त्रका बारेमा अरू पनि प्रसङ्ग निस्क्यो । म धेरै सैद्धान्तिक कुरा गरेर हिँड्ने कुरामा त्यति विश्वास गर्दिनँ । हामीले निर्देशन नै दिन परे बैंक तथा वित्तीय संस्थालाई दिने हो । ती कार्यान्वयन भएका पनि छन् । तर, अन्यत्रबाट दिइएका निर्देशनको खासै अर्थ रहँदैन । हामी काममा नै जुट्नुपर्छ । काममा नै लाग्नुपर्छ ।

अर्थतन्त्रको आधारभूत पक्ष यति राम्रो हुँदाहुँदै, बाह्य पक्ष सबल छ । बैंकमा प्रशस्त ‘लिक्विडिटी’ छ । ब्याजदर तल झरेको छ । निर्माण सामग्रीको मूल्य भूकम्पका बेलाको भन्दा आधा तल झरेको छ । तर, त्यही निर्माण क्षेत्र अहिले विगत डेढ वर्षदेखि संकुचित बनिरहेको छ ।

यहाँनेर के समस्या भएको हो त ? यी सबैको पछाडि मौद्रिक नीति र आर्थिक नीति भन्दा पनि गैह्र आर्थिक कारणहरू छन् । यो विषयमा हाम्रो सिफारिस पनि एकदम ‘क्लियर’ छ । यी गैह्र आर्थिक कारणलाई हामीले सम्बोधन गर्नुछ । यसमा सरकारले केही कामहरू सुरु गरेको पनि छ ।

यहाँनेर के समस्या भएको हो त ? यी सबैको पछाडि मौद्रिक नीति र आर्थिक नीति भन्दा पनि गैह्र आर्थिक कारणहरू छन् । यो विषयमा हाम्रो सिफारिस पनि एकदम ‘क्लियर’ छ । यी गैह्र आर्थिक कारणलाई हामीले सम्बोधन गर्नुछ     

व्यवसायिक माहोल र औद्योगिक वातावरण बिगार्ने काम भइरहेको छ । तीसौं वर्षसम्म हामीले एउटा औद्योगिक क्षेत्र बनाउन सकेका छैनौं । यो विषय मैले धेरै ठूलो मञ्चमा, सबै राजनीतिक व्यक्तित्वहरू र सबै औद्योगिक क्षेत्रका साथीहरू बीचमा पनि स्पष्टसँग भनेको छु । वि.सं. २०५० यता हामीले कुन औद्योगिक क्षेत्र बनायौं ? अनि हामीले औद्योगीकरणको कुरा गर्ने ? त्योभन्दा अगाडि बनेका औद्योगिक क्षेत्रमा एउटा उद्योग राख्न ठाउँ पुग्दैन ।

मौद्रिक नीतिप्रति मान्छेहरूले धेरै आँखा लगाए । तर, यहाँ ‘इकोसिस्टम’ मौद्रिक नीतिले मात्रै त चल्दैन नि ! औद्योगिक नीति छ, व्यापार नीति छ, लगानी नीति छ, समग्र राज्यलाई चलाउने वित्त नीति छ । हामी समग्र विषयहरूलाई बिर्सेर खाली मौद्रिक नीतिको कुरा गर्छौं ।

घरजग्गा, गाडी र शेयरको अघि-पछप लागेर मात्रै अर्थतन्त्र चल्नेवाला छैन । अहिले जुनखालको सहजता बाह्य क्षेत्रमा छ, बैंकिङ क्षेत्रमा छ, यसलाई उपयोग गर्नलाई गैह्र मौद्रिक नीतिका कारणले परेको असरलाई हामीले चिर्न सक्नुपर्छ । त्यो चिर्ने काम राज्यको मात्रै होइन, आर्थिक पत्रकारिता गरिरहेकाले पनि यसलाई सोचेर लगिदिनुपर्ने हुन्छ ।

अहिलेको माहोलमा कुन व्यवसायीले आफ्नो व्यवसाय विस्तार गरिरहेको छ, गर्न खोजिरहेको छ ? प्रत्येक व्यवसायी आफू सङ्कुचित हुँदै जान खोज्छ भने त्यो विषयमा हामीले सोच्नुपर्छ कि पर्दैन ? त्यसैले गर्दा मौद्रिक नीतिप्रतिको निर्भरता र अपेक्षा क्रमशः घट्नुपर्छ ।


केन्द्रीय बैंकहरूले यदि मौद्रिक नीतिले काम गरिरहेको छ भने त्यसलाई चलाउँदैनन्, छुँदैनन् । संसारभरिकै चलन यही हो । आवश्यकता हेरेर छुने चलाउने गर्छन् । यसलाई चलाइएन भन्दैमा अन्यथा लिनुपर्छ भन्ने लाग्दैन ।

जुनखालको देशको आर्थिक वातावरण छ, यो स्थितिलाई चिर्नको लागि राज्यका सबै अंगको भूमिका हुन्छ । निजी क्षेत्रको पनि त्यतिकै ठूलो भूमिका हुन्छ । हामीले किन ५० लाखको एउटा घर बनाएर दिन सक्दैनौं ? काठमाडौंमा एउटा घर किन्नुपर्‍यो भने ५/६ करोड रुपैयाँ भन्दा तल कहिँ कतै पाइँदैन । साधारण मानिसहरूको क्रय क्षमता एक करोड भन्दा तल छ, तर हाम्रो वस्तु भने ५ करोडको छ । अनि कसले किन्छ ?

अनि प्रश्न मौद्रिक नीतिमा सोझिएर आउँछ । यी विषयमा कसले हो मेहनत गर्ने ? सहरी विकास मन्त्रालय छ, स्थानीय सरकार छ, उपत्यका विकास प्राधिकरण छ । यस्ता कामहरू समग्रमा मिलेर गर्न सकिने कुरा छन् ।

उपत्यकाको कुनै कुनामा ५०/६० लाख पर्ने १० हजार घर बनाऔं त, अधिकांशले भर्खरै बुक गर्न सक्छन् । यो विषयमा मैले एकजना इन्जिनियरलाई हिसाब पनि निकाल्न लगाएँ । उहाँले प्रतिघर ४२ लाखमा बनाउन सकिने हिसाब निकाल्नुभयो । एउटा सानो परिवार बस्न सक्ने घर !

मैले व्यवसायीहरूसँग पनि किन यसरी संयुक्तरुपमा काम नगर्ने भनेर पनि भनेँ । यो घर बनाउने विषय मात्रै होइन, १० हजार घर बनाउँदा त्यहाँ १५ अर्बको सिमेन्ट, १५ अर्बको स्टील, १२ अर्बको इटा बिक्री होला । साथै, हजारौँ इन्जिनियरले काम पाउँछन् ।

एक/डेढ वर्षभित्र सक्ने गरी यो प्रस्ताव अघिल्लै सरकारलाई राखेको हो । तर, दशौं वर्ष लगाएर काम जे–जस्तो तरिकाले गरिएको छ, त्यसरी काम गरेर भने हुँदैन । एउटा गतिलो औद्योगिक क्षेत्र बनाउने हो भने एउटा सिमेन्ट उद्योगले उत्पादन गर्ने पूरै सिमेन्ट त्यहाँ खपत हुन्छ । यहाँ सिमेन्ट उद्योग ३० प्रतिशत मात्रै क्षमतामा सञ्चालन भइरहेका छन् ।

भन्नुको अर्थ ‘इन्टरभेन्सन’ त्यहाँबाट चाहिएको छ हामीलाई । ब्याजदर घटाउने विषयबाट होइन । ब्याजदर बढी हुँदा पनि अर्थतन्त्र चलायमान भयो भने समस्या हुँदैन । अहिले माग बढाउने सन्दर्भमा राष्ट्र बैंकको तर्फबाट संकुचित गर्ने कुनै नीति छैन । हामीले ब्याजदर एउटा तहमा रहोस्, निक्षेपकर्तालाई पनि केही न केही हुनपर्छ भनेर हामीले लागत लगाएर पनि केही काम गरिरहेका छौं ।

(नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले शनिबार आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा राखेको विचारको सम्पादित अंश ।)

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १२ : ५३ बजे

दोलखामा यस वर्ष धान उत्पादन घट्यो

दोलखा– जिल्लामा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादकत्वमा कमी

अर्धशतक बनाउन ४ रनले चुके रोहित

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको विराटनर किङ्ग्सविरुद्धको अर्धशतक प्रहार गर्न

विराटनगरविरुद्ध लुम्बिनीले पूरा गर्‍यो १०० रन

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत बुधबार भइरहेको विराटनर किङ्सविरुद्धको

पातारासीमा फोरजी सेवा, स्थानीय सञ्चारको पहुँचमा

जुम्ला– पातारासी गाउँपालिका–२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि यहाँका

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४०