ओलम्पिक कमिटीका खेल संस्थाले बुझाए सभापति देउवालाई ज्ञापनपत्र « Khabarhub

ओलम्पिक कमिटीका खेल संस्थाले बुझाए सभापति देउवालाई ज्ञापनपत्र


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ओलम्पिक कमिटीमाआबद्ध खेल संघहरुको संस्था कन्फेडेरेसन अफ नेस्नल स्पोर्ट एसोसिएसन्ले विभिन्न मागसहित पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।

बुढानिलकण्ठस्थित देउवा निवासमा आज खेल संघहरुका अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरूले उक्त ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा राष्ट्रिय खेल संघहरूको संस्थागत सिफारिसमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूको मनोनयन गरिनुपर्ने, कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औँ राष्ट्रिय खेलकुदको मिति र खेलगत प्रतियोगिता स्थल तोक्ने कार्य सरोकारवाला खेल संघहरू सँगको छलफल र परामर्शमा यथाशीघ्र घोषणा गरिनुपर्ने, खेलाडीहरूलाई उपलब्ध गराउने खेल पोसाक र खेल सामाग्रीहरूको गुणस्तरको परीक्षण, खेलाडीहरूको खानपिन र आवासको उचित व्यवस्था, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकलाई तत्काल रोकी प्रत्यक्ष सरोकारवाला राष्ट्रिय खेल सङ्घहरूको छलफल र सुझावसहित अघि बढाइनु पर्ने माग गर्दै उक्त ज्ञापन पत्र बुझाएका छन् ।

सभापति देउवाले उक्त मागहरूलाई सकारात्मक रूपमा लिनु भई सम्बन्धित निकायमा आवश्यक निर्देशन दिने बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  २ : ३४ बजे

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५