चीन जानुअघि प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्, बीआरआईबारे छलफल हुने « Khabarhub

चीन जानुअघि प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्, बीआरआईबारे छलफल हुने


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सोमबारदेखि सुरू हुन लागेको चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ ५ बजे बस्नेगरी बैठक डाकिएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने तयारी छ ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाबारे छलफल गरेर तिनलाई अन्तिम रुप दिने तयारी छ ।

यो बैठकमा चीनसँग हुन गइरहेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सम्झौताबारे पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओली सोमबार ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै हिमालयन एयरलाइन्सको जहाजमार्फत् चीनको बेइजिङ प्रस्थान गर्दैछन् ।

ओलीसँग मन्त्रीसहित ३९ जना सरकारी अधिकारी जाने भएका छन् । त्यसैगरी निजी क्षेत्रका ४८ जना प्रतिनिधि पनि भ्रमण दलमा सहभागी हुने तय भएको छ ।

प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि यही मंसिर १७ गते चीनको राजधानी बेइजिङतर्फ जाँदैछन् । जहाँ ओलीसँग मंसिर १८ मा त्यहाँस्थित राष्ट्रपति सी चिनफिङले भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्रीको टोली चार दिने भ्रमण पूरा गरेर मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : २८ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ