रोल्पामा बन्दै गरेको झोलुङ्गे पुलको पर्खालले पुर्दा पाँच जनाको मृत्यु « Khabarhub

रोल्पामा बन्दै गरेको झोलुङ्गे पुलको पर्खालले पुर्दा पाँच जनाको मृत्यु


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

लिवाङ- रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खा भत्किएर पुर्दा पाँचजना मजदुरको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका-३ बाहिरी गाममा पर्खाल भत्किएर पुर्दा त्यही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, ६६ वर्षीय देवीराम परियार र २७ वर्षीया आइती परियारको मृत्यु भएको हो ।

सुनछहरी-३ बाहिरी गाममा निर्माणाधीन गाजधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका क्रममा बनाउँदै गरेको पर्खालले उनीहरू सबैलाई किचेको थियो । किचिएकामध्ये चारजनाको शव निकालिएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले रोल्पाले आइतबार दिउँसो जानकारी दिएको छ ।

सुनछ्हरी स्थानीय विपद व्यवस्थापन समिति, पोबाङका अनुसार यसरी ज्यान गुमाउनेहरूमा एकैघरका चारजना छन् । तर उनीहरू एकै घरका को-को हुन् भन्ने खुलिसकेको छैन ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : ४५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा