१५ दिनभित्र निर्माण व्यवसायीको बाँकी भुक्तानी गर्छौ : पूर्वाधारमन्त्री दाहाल « Khabarhub

१५ दिनभित्र निर्माण व्यवसायीको बाँकी भुक्तानी गर्छौ : पूर्वाधारमन्त्री दाहाल


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी १५ दिनभित्र मन्त्रालयअन्तर्गतका ठेक्काका आयोजना निर्माणको भुक्तानी गर्ने बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजको आयोजनामा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री दाहालले आगामी १५ दिनभित्र सम्पूर्ण भुक्तानी गरिसक्ने दाबी गरे ।

मन्त्रालय मातहतका ठेक्का लागिसकेर अघि बढेको आयोजनाको भुक्तानी निर्माण व्यवसायीले पाउन सकेका छैनन् । मन्त्रालयका अनुसार, भौतिक मन्त्रालयअन्तर्गत३ अर्ब २१ करोड रुपैयाँ निर्माण व्यवसायीको बाँकी बक्यौता रहेको छ ।

यसअघि साउन महिनामै मन्त्रालयले निर्माण व्यवसायीको ५ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ । अघिल्ला वर्षको दायित्व अन्तर्गत रहेको ८ अर्ब ६६ करोड भुक्तानी बाँकी थियो ।

बाँकी ३ अर्ब २१ करोड रुपैयाँ मंसिर महिनाभित्रै हुने मन्त्री दाहालले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  २ : ३० बजे

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५