१५ दिनभित्र निर्माण व्यवसायीको बाँकी भुक्तानी गर्छौ : पूर्वाधारमन्त्री दाहाल « Khabarhub

१५ दिनभित्र निर्माण व्यवसायीको बाँकी भुक्तानी गर्छौ : पूर्वाधारमन्त्री दाहाल


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी १५ दिनभित्र मन्त्रालयअन्तर्गतका ठेक्काका आयोजना निर्माणको भुक्तानी गर्ने बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजको आयोजनामा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री दाहालले आगामी १५ दिनभित्र सम्पूर्ण भुक्तानी गरिसक्ने दाबी गरे ।

मन्त्रालय मातहतका ठेक्का लागिसकेर अघि बढेको आयोजनाको भुक्तानी निर्माण व्यवसायीले पाउन सकेका छैनन् । मन्त्रालयका अनुसार, भौतिक मन्त्रालयअन्तर्गत३ अर्ब २१ करोड रुपैयाँ निर्माण व्यवसायीको बाँकी बक्यौता रहेको छ ।

यसअघि साउन महिनामै मन्त्रालयले निर्माण व्यवसायीको ५ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ । अघिल्ला वर्षको दायित्व अन्तर्गत रहेको ८ अर्ब ६६ करोड भुक्तानी बाँकी थियो ।

बाँकी ३ अर्ब २१ करोड रुपैयाँ मंसिर महिनाभित्रै हुने मन्त्री दाहालले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  २ : ३० बजे

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर

फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक !

काठमाडौं – त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म