एमालेलाई जग्गादान विवाद : पाँचौँ पटकको पेशीमा पनि सर्वोच्चले हेर्न भ्याएन « Khabarhub

एमालेलाई जग्गादान विवाद : पाँचौँ पटकको पेशीमा पनि सर्वोच्चले हेर्न भ्याएन


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादको मुद्दा आइतबार पनि स्थगित भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइने भन्दै स्थगित भएको हो । यससँगै एमालेविरुद्धको यो मुदा पाँचौँ पटक स्थगित भएको छ।

भाटभटेनीका मालिक मीनबहादुरले दान दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

गत मङ्सिर १० गते पनि यो विवाद न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएर हेर्न नभ्याइने भएको थियो ।

यसअघि मंसिर २, मंसिर ४, मंसिर ७ र मंसिर १० गते हेर्न नभ्याउने हुँदै स्थगित हुदै आएको थियो । योसहित स्थगित भएको पाँचौ पटक हो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ३ : ४२ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या