फार्मेसीमा परिचय र पोशाक अनिवार्य गर्न सघाउने मन्त्री पौडेलको प्रतिबद्धता, औषधीको बिक्रीमा कडाइ गरिने  | Khabarhub Khabarhub

फार्मेसीमा परिचय र पोशाक अनिवार्य गर्न सघाउने मन्त्री पौडेलको प्रतिबद्धता, औषधीको बिक्रीमा कडाइ गरिने 


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल फार्मेसी परिषद्ले पुष ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोशाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सघाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न परिषद्लाई भनेका थिए । लगत्तै परिषद्ले पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको हो । परिषद्ले आगामी पुष ४ गतेबाट लागू हुने गरी गत मंसिर ४ गते फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोनसहितको पोशाक र परिचय अनिवार्य गर्ने निर्णय गरेको थियो ।

कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि वितरण मा कार्यरत रहेका फर्मासिष्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय पुष ४ गतेबाट लागू हुँदैछ ।

यस्तो निर्णयले औषधी बिक्री वितरणमा आधिकारिक व्यक्ति मात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषदका सजिष्ट्रार संजिवकुमार पाण्डेले बताए । मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सघाउने प्रतिबद्धता जनाए ।

औषधीको बिक्री वितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधी व्यवस्था विभागलाईसमेत अनुगमन बढाउन सजग गराएका छन् ।
मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले परिषद्को निर्णय कार्यान्वयनमा सघाउन मन्त्रालयले पत्राचार गर्ने बताए । यसका अलावा औषधी बिक्री वितरणमा बेथिति देखिए नदेखिएकोसमेत अनुगमन गर्ने र दोषी देखिएमा एकै साथ कारबाही अघि बढाइने उनले बताए ।

मन्त्री पौडेलले औषधीको मूल्य समायोजन गर्नका लागि गठित समितिले अहिले काम गरिरहेको छ । समितिको सुझावअनुसार अधिकतम उपयोग हुने औषधीमा नागरिकलाई कम भार पर्ने गरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ४ : २० बजे

ओलीको चेतावनीयुक्त सम्बोधनपछि बोल्ने पालो केन्द्रीय सदस्यहरूको

काठमाडौं– नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले

बंगलादेशमा विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, १६४ घाइते, मंगलबार राष्ट्रिय शोक घोषणा

काठमाडौं– बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको

वीर अस्पतालको इमर्जेन्सीमा ७२ शैया थप्ने तयारी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालको आकस्मिक कक्ष

ओलीको गुनासो- एमालेमाथि लगानी गरेरै हमला हुँदैछ, पोलिटब्युरोमा एक भयौँ, फेरि चलखेल भयो

काठमाडौं- सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा

‘होस्टल’को चौथो श्रृङ्खला ‘होस्टेल अगेन’ बनाउँदै सशान

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘होस्टल ३’का