छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात सन्दिग्ध माओवादी लडाकुको मृत्यु « Khabarhub

छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात सन्दिग्ध माओवादी लडाकुको मृत्यु


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– छत्तीसगढ र तेलङ्गानाको सिमानामा पर्ने मुलुगु जिल्लामा प्रहरीले सात जना सन्दिग्ध माओवादीको हत्या गरेको दाबी गरेको छ ।

तेलङ्गना प्रहरीका अनुसार प्रहरीले सुराकीको आधारमा सशस्त्र लडाकुहरूको खोजी गरिरहेका समय  ‘ग्रेहाउन्ड’का जवान र भारतीय माओवादी समूह (नक्सलवादी) बीच मुठभेड भएको हो ।

घटनास्थलबाट दुई थान एके–४७ राइफल, एक इन्सास राइफलका साथै अन्य हातहतियार, विस्फोटक पदार्थ र दैनिक उपभोग्य सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

मुलुगु जिल्लाको चालापाका वन क्षेत्रमा बिहान ५ः३० बजे सन्दिग्ध माओवादी लडाकूसँग मुठभेड भएको थियो । एक घण्टाभन्दा बढी चलेको मुठभेडमा सात जना मारिएका थिए ।

उक्त क्षेत्रमा अहिले पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य केही माओवादी घाइते भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ०७ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका