जनकपुरधाम– आजदेखि विधिवत् रूपमा सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव पहिलो दिन आज नगर दर्शन सम्पन्न भएको छ। विवाहपञ्चमीको पहिलो दिन आज जानकी मन्दिरको प्राङ्गणमा नगरदर्शन गरिएको हो ।
यस विधिको लागि मन्दिरको प्राङ्गन श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुको भीडले भरिको थियो । भगवान् राम र लक्ष्मण पहिलो पटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ ।
नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतीकको रूपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो ।
विवाहपञ्चमी महोत्सवको लागि नेपालको विभिन्न जिल्ला सहित भारतबाट समेत श्रद्धालुहरू आउन थालेका छन् । मिथिला नरेश राजा जनकको छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइने गरिन्छ ।
हेर्नुहोस् तस्बिरहरु
प्रतिक्रिया