सञ्‍चारमन्त्री नै भन्छन्- चार महिना बित्दा पनि नतिजा आउने काम गर्न सकिएन « Khabarhub

सञ्‍चारमन्त्री नै भन्छन्- चार महिना बित्दा पनि नतिजा आउने काम गर्न सकिएन


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारको ध्यान नीतिगत तथा कानुनी सुधारमा केन्द्रित रहेको बताएका छन् ।

बाह्रखरी मिडियाद्वारा आइतबार आयोजित कथा प्रतियोगिताको नजिता सार्वजनिक कार्यक्रममा मन्त्री गुरुङले कानन अभावका कारण संघीय संरचनाले राम्रोसँग काम गर्न नसकेको बताए । अब सरकारले नीतिगत तथा कानुनी सुधारमा ध्यान केन्द्रित गरिरहेको उनको जिकिर थियो ।

गुरुङले सरकार, मन्त्री, सचिव, कर्मचारी, प्रहरी प्रशासन रहे पनि राज्यका निकायले काम गर्न नसक्नुको कारण पहिचान गर्न खोजिएको उल्लेख गरे ।

चार महिनामा नतिजा आउने काम गर्न नसकेको भन्दै उनले बिग्रिएका कुरालाई सुधार गर्नमात्रै ध्यान केन्द्रित गर्नुपरेको पनि धारणा राखेका छन् ।

जनतालाई सुविधा दिन सिंहदरबार गाँउ-गाँउमा पुर्‍याएपछि कानुन अभावमा काम गर्नसक्ने परिस्थिति बन्न नसकेको उनको भनाई छ । गुरुङले सांसद किनबेच नगर्ने अवस्थामा दलहरू पुगे भन्ने विश्वास जनतालाई दिन सक्नुपर्नेमा पनि जोड दिएका छन् ।

त्यस्तै उनले आफू स्पष्ट बोल्ने भएकाले केही विषयलाई अतिरञ्जित गर्ने काम हुने गरेको गुनासो कार्यक्रममा गरेका छन् ।

कार्यक्रममा यस वर्षको डिशहोम १२ कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा माग्युद् खोनालाई प्रथम पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, कथाकार प्रमेय भण्डारीको कथा कृत्रिम सपना द्वितीय र कथाकार विवेक धिमालको कथा मैले देखेको विद्यालयले तृतीय पुरस्कार पाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ४१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा