उपनिर्वाचन अपडेट : उदयपुर २ वडामा ६३ प्रतिशत मत खस्यो, मतगणना आजै हुने   « Khabarhub

उपनिर्वाचन अपडेट : उदयपुर २ वडामा ६३ प्रतिशत मत खस्यो, मतगणना आजै हुने  


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उदयपुरको २ वडामा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा  ४ हजार ४१२ मत खसेको छ । जुन ६३ प्रतिशत मत हो ।

उदयपुरका निर्वाचन अधिकृत दीपक दाहालका अनुसार उदयपुर बेलाका नगरपालिका ९ को वडा अध्यक्षको पादमा लागि १ हजार ८८५ मत खसेको छ । जुन ६० प्रतिशत मत हो ।

उदयपुर त्रियुगा नगरपालिका–१२ मा वडा अध्यक्षको पदको लागि २ हजार ५२७ मत खसेको अधिकृत दाहाले जानकारी दिए छ । जुन ६५ प्रतिशत मत हो ।

त्रियुगा–१२ मा जनप्रेमी आधारभूत विद्यालय, पुरानो गाईघाट, र बेलका–९ मा वरपीपल मावि, रामपुरलाई मतदान केन्द्रमा मतदान भएको थियो ।

बेलका–९ मा नेपाली कांग्रेसका नवराज बस्नेत(नविन), एमालेका मोहन खड्का, र माओवादी केन्द्रका भरत घिमिरेसहित ७ उम्मेदवार प्रतिस्पर्धामा छन् । रास्वपा, जसपा, र राप्रपाका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन् ।

बोलका–९ मा आम निर्वाचनमा कांग्रेसका पदम खड्का वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

त्रियुगा–१२ मा नेपाली कांग्रेसका सञ्जिव काफ्ले, एमालेका लक्ष्मीनारायण चौधरी, र माओवादी केन्द्रका नवीन वान्तवा राईसहित ९ उम्मेदवार प्रतिस्पर्धामा छन्। अन्य उम्मेदवारहरूमा एकीकृत समाजवादीकी निर्मला चौधरी, रास्वपाका ध्रुव पोखरेल, नाउपा, जनमत, र स्वतन्त्र उम्मेदवारहरू छन् ।

त्रियुगा–१२ मा कांग्रेसका वडा अध्यक्ष चुडाराज काफ्ले पनि सवारी दुर्घटनामा परेर मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

अधिकृत दाहालका अनुसार मतगणना आजै रातिबाट हुने भएको छ । दुवै वडाको सर्वदलीय बैठक बसेर आजैबाट मतगणना हुने दाहालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ५७ बजे

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार