दोलखाको गौरीशंकरमा ४८.२८ प्रतिशत मतदान « Khabarhub

दोलखाको गौरीशंकरमा ४८.२८ प्रतिशत मतदान


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दोलखाको गौरीशंकरमा ४८.२८ प्रतिशत मतदान भएको छ । यहाँका ९ वटा वडा मध्ये अधिकांश वडामा ५० प्रतिशत भन्दा कम मतदान भएको देखिन्छ ।

यहाँ जम्मा ७ हजार ५ सय ८९ मत खसेको आयोगको भनाइ छ । गौरीशंकरमा कुल १५ हजार ७१८ मतदाता थिए ।

१२ मतदान स्थलका २१ मतदान केन्द्रमा ७ हजार ५ सय ८९ मतदान भएको मुख्य निर्वाचन कार्यालय दोलखाका सूचना अधिकारी विशाल केसीले जानकारी दिए।

उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा सात राजनीतिक दल र नौ स्वतन्त्र गरी १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा गरेका थिए ।

०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित श्यामसुन्दर तामाङको हृदयाघातका कारण गत वर्ष निधन भएपछि उक्त पदमा आइतबार मतदान भएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : ०० बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङमा पहिरो: दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६