दोलखाको गौरीशंकरमा ४८.२८ प्रतिशत मतदान « Khabarhub

दोलखाको गौरीशंकरमा ४८.२८ प्रतिशत मतदान


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दोलखाको गौरीशंकरमा ४८.२८ प्रतिशत मतदान भएको छ । यहाँका ९ वटा वडा मध्ये अधिकांश वडामा ५० प्रतिशत भन्दा कम मतदान भएको देखिन्छ ।

यहाँ जम्मा ७ हजार ५ सय ८९ मत खसेको आयोगको भनाइ छ । गौरीशंकरमा कुल १५ हजार ७१८ मतदाता थिए ।

१२ मतदान स्थलका २१ मतदान केन्द्रमा ७ हजार ५ सय ८९ मतदान भएको मुख्य निर्वाचन कार्यालय दोलखाका सूचना अधिकारी विशाल केसीले जानकारी दिए।

उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा सात राजनीतिक दल र नौ स्वतन्त्र गरी १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा गरेका थिए ।

०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित श्यामसुन्दर तामाङको हृदयाघातका कारण गत वर्ष निधन भएपछि उक्त पदमा आइतबार मतदान भएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : ०० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका