काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
भोली देखी सुरु हुन लागेको चीन भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाएका थिए ।बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेन्डाका बारेमा छलफल हुनेछ ।
चीनसँग हुन गइरहेको बीआरआई सम्झौताका बारेमा पनि छलफल हुने बुझिएको छ ।
प्रतिक्रिया