कामको प्रगति विवरण पेस गर्न मन्त्री यादवको निर्देशन « Khabarhub

कामको प्रगति विवरण पेस गर्न मन्त्री यादवको निर्देशन


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो मन्त्रालय मातहतका निकायहरूलाई हालसम्मको प्रगति एवं कामको विवरण मन्त्रालयमा पेस गर्न निर्देशन दिएका थिए ।

आज मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा मन्त्री यादवले खानेपानीका क्षेत्रमा भइरहेका कामको प्रगति विवरण तत्थ्यसहित पेस गर्न निर्देशन दिएका हुन् ।

“खानेपानी क्षेत्रमा हालसम्म के कति प्रगति भएको छ, कति काम सम्पन्न हुन बाँकी छन्, लिखित रूपमा रिपोर्ट पेस गर्नुहोला । त्यसैका आधारमा अन्य काम अगाडि बढाउन थप सहज होस्”, उनले भने ।

मन्त्री यादवले मन्त्रालय मातहतका निकायले सञ्चालन गरिरहेका आयोजनाका कामबारे जानकारी लिँदै कतिपय आयोजनाका काम तोकिएको समयमा सम्पन्न नभएको देखिएकाले त्यसका कारण लिखित रूपमा पेस गर्न निर्देशन दिए ।

यस्तै, मातहतका निकायले सञ्चालन गरिरहेका कामबारे नियमित जानकारी लिन प्रत्येक महिना उच्च व्यवस्थापन समूहको बैठक (एसएमटी) राख्न निर्देशन दिइएको थियो ।

बैठकमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यसहित खानेपानी तथा ढल व्यवस्थापन विभाग, पिआइडी, काठमाडौँ खानेपानी उपत्यका लिमिटेड (केयुकेएल), मेलम्ची खानेपानी विकास समिति, खानेपानी संस्थान, सहलगानी बोर्डका प्रमुख एवं पदाधिकारीहरूले आफ्नो कार्यालयका कामबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ७ : २५ बजे

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक

विश्वकपबाट बाहिरिने पक्का भएपछि इक्वेडरका यी खेलाडीले किन पाए रातो कार्ड

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोविरुद्धको खेलमा पराजय भोग्दै

विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार १५७ सवारीचालकलाई सवारी नियम

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय