देउवाले मतदातालाई दिए धन्यवाद « Khabarhub

देउवाले मतदातालाई दिए धन्यवाद


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार सम्पन्न उपनिर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद दिएका छन् । मतदान सकिए लगत्तै एक विज्ञप्ती जारी गर्दै देउवाले प्रतिकूल वातावरणमा पनि सक्रिय रूपमा मतदाताहरूले मतदान गरेको भन्दै धन्यवाद दिएका हुन्।

‘देशका विभिन्न पालिकामा रिक्त पदहरूका लागि आज भएको उपनिर्वाचनमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले अत्यन्त उत्साह र धैर्यसाथ आफ्नो अमूल्य मत दिनु भएको छ । आजको उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिक विश्वासलाई थप प्रमाणित गरेको छ । यो विश्वास कायम राख्ने ढंगले कार्य गर्न सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको छ’ विज्ञप्तीमा उल्लेख छ ।

देउवाले मतपेटिका संकलन र मतगणना कार्यमा सतर्कता अपनाउन पनि कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ७ : ३८ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष