उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद « Khabarhub

उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन् ।

गृहमन्त्री लेखकले मतदानलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबै मतदाता, निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षाकर्मी, निजामती कर्मचारी, सञ्चारकर्मी तथा मतदानमा सहभागी सम्पूर्ण मतदातालाई धन्यवाद दिनुका साथै उनीहरूप्रति आभार व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

निर्वाचन लोकतन्त्रको मेरूदण्ड भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले शान्तिपूर्ण तथा भयरहित वातावरणमा मतदान सम्पन्न भएको सो कार्यका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् । निर्वाचन आयोगका अनुसार मुलुकका ३३ जिल्लामा स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ ।

उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि आज मतदान भएको हो । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको थियो । उपनिर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार चुनावी मैदानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ७ : ५९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्