पाकिस्तानको सिन्ध प्रान्तमा पानीको चरम अभाव « Khabarhub

पाकिस्तानको सिन्ध प्रान्तमा पानीको चरम अभाव


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको सिन्ध प्रान्तमा पानीको चरम अभाव देखिएको छ । दक्षिणी सिन्ध प्रान्तका खडेरी परेको क्षेत्रमा पानीको अभाव देखिएको हो ।

सिन्ध प्रान्त भएर सिन्धु नदी बग्ने भएपनि राज्यको उदासिनता र जलस्रोतको असन्तुलित विनियोजनका कारण खडेरी परेका स्थानमा पानीको अभाव देखिएको हो । खामा प्रेसका अनुसार पानीको अभावका कारण सिन्धका स्थानीय बासिन्दा र मुख्यगरी किसान सबैभन्दा धेरै पीडित भएका छन् ।

सिन्धु नदी प्रणाली प्राधिकरणको तथ्यांक अनुसार सन् १९९९ देखि २०२३ सम्म सिन्ध प्रान्तमा ४० प्रतिशत पानीको अभाव देखिएको छ । उता पञ्जाब प्रान्तमा भने पानीको अभाव केबल १५ प्रतिशत छ ।

सिन्धु नदीको पानी विनियोजनमा समानता ल्याउन सन् १९९१ मा जल बाँडफाँट सम्झौता भएको थियो । तर, उक्त सम्झौता कुनै क्षेत्रलाई धेरै र कुनै क्षेत्रलाई थोरै पानी उपलब्ध गराउने साधनमा परिणत भएको आलोचकहरु बताउँछन् ।

हाल सरकारले पञ्जाब प्रान्तको चोलिस्तान क्षेत्रको १२ लाख एकड जमिनमा सिँचाइ गर्न ६ वटा नयाँ नहर निर्माण गर्ने योजना अघि सारेको छ । यसो भएमा सिन्ध प्रान्तका १ करोड २० लाख एकडभन्दा धेरै जमिन पानीको पहुँचबाट बञ्चित हुने सिन्ध चेम्बर अफ एग्रिकल्चरका प्रतिनिधि नबी बक्स सथियो बताउँछन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ९ : ३६ बजे

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो

चन्द्रप्रसाद ढकालको गुनासो- निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण भएन

काठमाडौं– निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण नभएको

समानुपातिकको सूचीले उज्यालो पार्टीमा छाएको अँध्यारो, मध्यरातमा कुलमान सहकर्मीको कठघरामा

काठमाडौं– मंगलबार राति काठमाडौँमा उपलब्ध उज्यालो नेपालका केही केन्द्रीय सदस्य