इस्कोनमाथि प्रतिबन्ध लगाउने योजनामा बंगलादेशी उच्च अदालतको अंकुश « Khabarhub

इस्कोनमाथि प्रतिबन्ध लगाउने योजनामा बंगलादेशी उच्च अदालतको अंकुश


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – बंगलादेशमा केही महिनाअघि भएको सरकार परिवर्तनसँगै त्यहाँका अल्पसङ्ख्यक हिन्दू धर्मावलम्बीलाई लक्षित गरी आक्रमणका घटना बढिरहेको भन्दै चिन्ता उत्पन्न भएका छन् । यसै सन्दर्भमा त्यहाँ हिन्दू धर्मसम्बद्ध इस्कोन संस्थामाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको समाचार सार्वजनिक भएको छ ।

यद्यपि इस्कोनमाथि प्रतिबन्ध लगाउने योजनामा उच्च अदालतले अंकुश लगाइदिएको छ । ढाकास्थित उच्च अदालतले इस्कोनको गतिविधिमा प्रतिबन्ध लगाउन मागसहित दर्ता निवेदनलाई खारेज गरिदिएको हो ।

अदालतको आदेशपछि इस्कोनले एक विज्ञप्ति जारी गर्दै उच्च अदालतको उक्त फैसालको स्वागत गरेको छ । यो निवेदन बंगलादेशको सर्वोच्च अदालतका अधिवक्ता मोहम्मद मोनिर उद्दिनले दर्ता गराएका थिए । जसमा इस्कोनमाथि प्रतिबन्ध लगाउन माग गरिएको थियो ।

त्यसको एक दिनअघि बंगलादेशका महान्यायाधिवक्ताले अदालतलाई इस्कोनसँग सम्बन्धित कुनै पनि फैसला नलिन भनेका थिए । सरकारले इस्कोनबारे जरूरी कारबाही थालेको भन्दै महान्यायाधिवक्ताले यस्तो माग गरेका थिए ।

इस्कोनका प्रवक्ता राधारमण दासले समाचार एजेन्सी पीटीआईसँग भनेका छन्, ‘यो हाम्रा लागि ठूलो राहतको कुरा हो, बंगलादेशको उच्च अदालतले हामीमाथि प्रतिबन्ध गर्न दिइएको निवेदन खारेज गरिदिएको छ । तर उनले यस मामिलामा मोहम्मद युनुश नेतृत्वको वर्तमान बंगलादेशी सरकारको व्यवहार र नीतिलाई लिएर आफूहरू चिन्तित रहेको बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  २ : ५० बजे

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५