भारतमा निर्मित पिनाका क्षेप्यास्त्र किन्न भियतनामको चासो | Khabarhub Khabarhub

भारतमा निर्मित पिनाका क्षेप्यास्त्र किन्न भियतनामको चासो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भियतनामले भारतीय पिनाका क्षेप्यास्त्र खरिदमा चासो देखाएको छ । भियतनामी सेनामा तैनाथ रहेका बीएम २१ र बीएम १४ क्षेप्यास्त्र पुरानो हुँदै गइरहेको अवस्थामा त्यसलाई प्रतिस्थापन गर्न भियतनामले पिनाका क्षेप्यास्त्र खरिदमा चासो देखाएको हो ।

यसबारे भारतीय र भियतनामी अधिकारीबीच वार्ता भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुबै मुलुकले हतियार खरिदबिक्री सम्झौतालाई महत्व दिएको भएपनि यो वार्ता अझै प्रारम्भीक चरणमै रहेको जनाइएको छ ।

यो वार्ता सकारात्मक दिशामा अघि बढेको खण्डमा केही महिनामा नै दुई मुलुकबीच रक्षा सम्झौता हुनसक्ने सम्भावना रहेको रक्षा पोर्टल डिफेन्स इण्डियाले जनाएको छ ।

भारतको रक्षा शोध तथा विकास संस्था डिआरडीओले विकास गरेको पिनाका क्षेप्यास्त्र प्रणालीमा सोभियत संघमा विकसित बीएम क्षेप्यास्त्रभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ ।

पिनाका क्षेप्यास्त्रमा निश्चित लक्ष्यमा सटिक मार हान्नसक्ने क्षमता रहेको छ । आधुनिक युद्धकार्यमा यस्तो क्षमतालाई निकै महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : १३ बजे

एम्बाप्पे र बेलिङ्घमको गोलमा रियल विजयी

काठमाडौं – स्पेनिस ला लिगको खेलमा गेटाफेलाई २-० ले हराउँदै

एनपिएल : आज काठमाडौं र चितवन तथा जनकपुर र कर्णाली भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुँदै

गढीमाई-८ मा एस र ईशनाथ-७ मा कांग्रेसको उम्मेदवार विजयी

रौतहट – रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा

बाजुराको स्वामिकार्तिक खापरको उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

काठमाडौं– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सुलोचना

गोरखा-५ मा माओवादी केन्द्रका रानामगर विजयी

गोरखा – गोरखा नगरपालिका-५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी