सलमान खानको ‘ब्याटल अफ गलवान’ले निम्त्यायो  विवाद, तथ्य बङ्ग्याएको आरोप « Khabarhub

सलमान खानको ‘ब्याटल अफ गलवान’ले निम्त्यायो  विवाद, तथ्य बङ्ग्याएको आरोप


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२० मा गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपमा आधारित भनिएको बलिउड फिल्म ‘ब्याटल अफ गलवान’लाई लिएर चीनमा विवाद चर्किएको छ। 

सलमान खान अभिनीत फिल्मको ट्रेलर डिसेम्बर २७ मा सार्वजनिक भएपछि चिनियाँ सामाजिक सञ्जाल र सरकारी सञ्चारमाध्यमहरूमा कडा आलोचना सुरु भएको हो। फिल्म सन् २०२६ अप्रिलमा रिलिज हुने तयारीमा छ।

चीनमा ‘बजरंगी भाइजान’का कारण परिचित सलमान खानले यस फिल्ममा कर्नल बिक्कुमल्ला सन्तोष बाबुको भूमिका निभाएका छन्। भारतीय सञ्चारमाध्यमहरूले गलवान झडपमा उनको भूमिकालाई केन्द्रीय पात्रका रूपमा प्रस्तुत गर्दै फिल्मलाई देशभक्तिपूर्ण कथासँग जोडेर प्रचार गरेपछि विवाद थप बढेको बताइन्छ।

चिनियाँ सरकारी मुखपत्र ‘ग्लोबल टाइम्स’मा प्रकाशित समाचारमा सैन्य तथा रणनीतिक विज्ञहरूले बलिउड फिल्महरू भावनात्मक र मनोरञ्जनमुखी हुने उल्लेख गर्दै सिनेमाटिक अतिरञ्जनले इतिहास परिवर्तन गर्न नसक्ने टिप्पणी गरेका छन्। उनीहरूका अनुसार यस्ता फिल्महरूले चीनको सार्वभौमसत्ता र सीमा सुरक्षाप्रतिको पिपुल्स लिबरेसन आर्मी ९पीएलए०को दृढ संकल्पलाई कमजोर पार्न सक्दैनन्।

‘हिन्दुस्तान टाइम्स’का अनुसार ट्रेलरमा सलमानले सैनिकहरूलाई ‘शत्रु’सँग जुध्न प्रेरित गर्ने भाषण दिएका दृश्य देखिन्छन्। लाठी समातेको अवस्थामा शत्रुतर्फ अघि बढ्दै अन्त्यमा एक व्यक्तिलाई प्रहार गरेको दृश्य पनि समावेश छ। तर सहायक कलाकारको पहिरन, कपालको शैली, सैनिक भूमिकासँग नमिल्ने हाउभाउ र अत्यधिक चिसो मौसमको प्रस्तुति वास्तविक युद्धसँग मेल नखाने भन्दै आलोचना भएको छ। सबैभन्दा ठूलो आपत्ति गलवान घटनाको चित्रण तथ्यसँग नमिल्ने रहेको चिनियाँ प्रयोगकर्ताहरूको दाबी छ।

केही भारतीय सञ्चारमाध्यमले गलवान झडपमा करिब २०० भारतीय सैनिकले १,२०० चिनियाँ सैनिकको सामना गरेको दाबी गर्दै फिल्मको प्रचार गरेका छन्। यसलाई चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तथ्यविपरीत र भ्रामक भन्दै तीव्र प्रतिक्रिया जनाएका छन्।

चीनको परराष्ट्र मन्त्रालयले सन् २०२० मै गलवान घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै गलवान उपत्यका चीनतर्फको वास्तविक नियन्त्रण रेखाभित्र पर्ने र भारतीय सेनाले सीमारेखा पार गरेर उक्साहट गरेको दाबी गरेको थियो। मन्त्रालयका अनुसार भारतले सडक, पुल लगायत संरचना निर्माण गर्दै आपसी सम्झौता उल्लङ्घन गरेपछि स्थिति बिग्रिएको हो।

चीनले सन् २०२१ मा गलवान घटनामा मृत्यु भएका चार सैनिकलाई शहीद घोषणा गर्दै सम्मान गरेको थियो। चीनको दाबीअनुसार सो घटनामा चार चिनियाँ सैनिक र २० भारतीय सैनिकको मृत्यु भएको थियो।

चिनियाँ सैन्य विज्ञ सोङ जोङपिङले ‘ग्लोबल टाइम्स’लाई भनेका छन्, ‘भारतले बलिउडमार्फत राष्ट्रवादी भावना भड्काउनु नयाँ होइन। तर जति नाटकीय बनाए पनि मूल सत्य परिवर्तन हुँदैन।’ उनका अनुसार गलवान घटना भारतले सीमा उल्लङ्घन गरेपछि भएको हो र पीएलएले कानुनअनुसार आफ्नो भूभागको रक्षा गरेको थियो।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १ : ०५ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट